मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विद्यार्थी आर्मी
  • मार्गरेखा संवाददाता

  • प्रदेश नम्बर ५, ६ र ७ का ५४० जना बिद्यार्थी राष्ट्रिय सेवा दलको तालिमबाट दीक्षित भएका छन् ।
    राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगरमा भएको एक कार्यक्रमका बिच ५४० जना विद्यार्थीहरु बुधबार दीक्षित भएका हुन् । दिक्षित क्याडरहरुलाई दिक्षान्त समारोहमा नेपाली सेनाका उपरथी शेखरसिङ बस्नेतले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।

    कञ्चनपुर, बैतडी, सुर्खेत, दाङ, प्युठान र नवलपरासी गरी ६ जिल्लाका ५ सय ४० जना छात्र छात्रालाई तालिम दिइएको
    हो । विद्यार्थीहरुलाई ७९ दिन संस्थागत र २१ दिन सामुहिक तालिम दिने गरिन्छ । २१ दिन क्याम्पमा बसेर तालिम लिदा
    आफ्नो जीवनमा निकै परिवर्तन आएको विद्यार्थीहरुले बताएका छन् । क्याम्पमा अनुशासन, शारिरिक व्यायाम, ड्रिल तेक्वान्दो लगायतका साथै लागु औषध, चेलिवेटी बेचविखन, विपद् व्यवस्थापन लगायतका विषयमा चेतनामूलक कक्षाहरु दिइएको थियो । राज्यलाई विपत् परेका बेला तालिमप्राप्त स्वयमसेवी दस्ताबाट सहयोग लिनका लागि नेपाली सेनाले विद्यार्थीलाई सेवा दल क्याडेड तालीम दिने रहेको छ ।

     

  • १२ पुष २०७४, बुधबार १८:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित