मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अभिनेत्री बिना थापाको निधन
  • मार्गरेखा संवाददाता

  • अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन भएको छ । बुधवार दिउँसो बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार थापाको निधन भएको हो । राजधानीको बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई वीर अस्पताल लगिएको थियो ।

    उपचारको क्रममा उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । उनी अभिनीत नयाँ फिल्म ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ ।

    उनले ‘उवर्शी’, ‘डिभोर्स’ फिल्मसँगै दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी छिन् । देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी बढी जसो व्यस्त रहँदै आएकी थिइन् ।

  • १३ पुष २०७४, बिहीबार ०७:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित