दुर्गा आचार्य
बर्दियम,पौष,१३। बर्दियाको बढैयाताल गाँउपालिकाको बढैया गाँउमा राष्ट्रिय स्तरको थारु साहित्य मेला हुने भएको छ । थारु लेखक संघको आयोजनामा आगामी माघ ४, ५ र ६ गते बढैयागाँउमा थारु साहित्यिक मेलाको तेस्रो सस्करण सञ्चालन हुने भएकोहो । थारु लेखक संघको आयोजना र जंग्रार साहित्यिक बेखेरी तथा कर्मशील नेपालको संयोजनमा सो मेला सञ्चालन हुन लागेको थारु लेखक संघका सदस्य शुशिल चौधरीले वताए । समकालिन साहित्य,कला तथा संस्कृतिवारे बहस,लेखक तथा स्रक्ष्टाहरु र सरोकारवाला बिच सुमधुर सम्वन्ध स्थापित गर्नै उद्धेश्यले मेला आयोजन ागर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गरमएको हो । मेलामा थारु लोक साहित्य थारु रंगमञ्च,थारु साहित्य मा महिला लेखनको न्युनरुचि तथा बर्दियाको बिकाश बहस र बहुभाषिक कविता वाचन समेत हुने सदस्य चौधरीले जानकारी गराए ।