मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सि.जी.फुड्स बर्दियाका मजदुरहरु हड्तालमा
  • मार्गरेखा संवाददाता

  •  


    दुर्गा आचार्य
    बर्दिया,पौष,१३।
    बिभिन्न माग राख्दै चौधरी फुड्स बर्दियाका मजदुरहरु बुधवार देखि हड्ताल गरेका छन् । ऐन अनुसार मजदुरहरुसँग कम्पनीले सम्झौता नगरेको भन्दै बर्दियाको वाँसगढी नगरपालिका वार्ड नम्वर ३ मा अवस्थित सीजी फुड्सका मजदुरले हड्ताल गरेका हुन् ।
    श्रमऐन लागु गर्नुपर्ने, ट्रेड युनियन अधिकारको सुनिश्चिता गर्नुपर्ने, कार्यरत सवै मजदुरहरुलाई स्थायी रुपमानै नियुक्ती दिनुपर्ने र मजदुर माथी शोषण बन्द गरिनुपर्ने लगायतका मागहरु राख्दै चौधरी ग्रुपमा आवद्ध विभिन्न ट्रेड युनियहरुका मजदुरहरुले हड्ताल गरेका हुन् । चर्को श्रम शोषणमा परेपछि आन्दोलनमा उत्रिनु परेको कम्पनीमा कार्यरत मजदुर कृष्णप्रसाद ज्ञवालीको भनाई छ । पारिश्रमीक पनि थोरै,पाउनु पर्नै सेवा सुविधा नपाउनुको साथै आरामको व्यवस्था समेतनभएपछि आन्दोलनमा उत्रन वाध्य भएको मजदुर ज्ञवालीले वताए । यथाशिघ्र चाँडो आफूहरुको माग पूरा हुनुपर्ने मजदुरहरुको भनाई रहेको छ ।
    २०७२ साल देखि बर्दियाको वाँसगढीमा संचालनमा रहेको सीजी फुुड्स ईनटरप्राईजेजमा २ सय ९५ जनाकामदार रहेका छन्। यिमध्य ५६ जना स्थायी र बाँकी सवै अस्थायी रहेको चौधरी फुड्स ईन्टरप्राईजेजक बर्दियाका डि.जी.एम. आरके सिटौलाले वताए । कम्पनीमा नेपाली काँग्रेस र माओवादी सर्मथित ट्रेड युनियनका मजदुरहरु आन्दोलनमा छन् भने एमाले समर्थित मजदुरहरुले आन्दोलनको विरोध गरेको समेत डिजीएम सिटौलाले वताए । श्रम ऐन ०७४ लागु गर्न हामी एकदमै आतुर छौ तर नियमावली नवन्दा समस्या परेको समेत उनले वताएका छन् । भर्खर संचालनमा आएको कम्पनीले प्रकृया पुर्याई रहेको छ कुनै पनि मजदुरको कंपनीले शोषण नगरेको सिटौलाको भनाई छ । सरकारको तलव स्केल अनुसार पारिश्रमीक, महंगी भत्ता ओभर टाईम पारिश्रमीक लगायत खाजा खर्च कम्पनीले मजदुरहरुलाई दिएको समेत उनले वताए । मजदुरको उपचार खर्च लगायत विमाको समेत प्रवन्ध गरेको कम्पनीले जनाएको छ । माघ महिना सम्ममा अस्थायी कामदारलाई पनि स्थायी गर्ने लिखित सहमती भएतापनि मजदुरहरु आन्दोलनमा उत्रेको कम्पनीको भनाई छ ।
    बर्दियाको वाँसगढीमा अवस्थित सिजी फुड्स १० विगाहा क्षेत्रफलमा निर्माण गरिएकोछ ।चौविस घण्टामा १५ हजार कार्टुन चाउचाउ उत्पादन गर्ने क्षमता भएतापनि विविध कारणले दैनिक १३ हजार कार्टुन चाउचाउ उत्पादन गरिरहेको डिजीएम सिटौलाले जानकारी दिए ।

  • १३ पुष २०७४, बिहीबार १२:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित