मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश चुडामणि शर्मालाई
  • मार्गरेखा संवाददाता

  • साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश चुडामणि शर्मालाई

     

    काठमाडौंः सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

    शुक्रबार न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत पूर्ण इजलासले शर्मालाई रिहा गर्न आदेश दिएको हो।

    आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई जेठ १९ गते शुक्रबार दिउँसो साढे १२ बजे कर फछ्यौट आयोगबाट १० अर्ब रुपैयाँ उन्मुक्ति दिएको, कर निधारण गर्दा भष्टाचार गरेको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादास्पद मुद्दामा मुछिएका शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको थियो।

    शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दायर भएको थियो। यसपछि साउन १७ गते सर्वोच्‍चले न्‍यायिक हिरासतमा राख्‍न आदेश दिएको थियो।

  • २७ श्रावण २०७४, शुक्रबार १७:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित