मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिकाद्धारा राजश्व सुधारको तयारीमा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज मंसीर १३ गते – नेपालगञ्ज उपमहानगरपालिकाले राजश्व सुधारको तयारी गरेको छ । जीआईजेड सीडीमुन कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा उपमहानगरपालिकाको कार्यालयले राजश्व सुधार कार्ययोजना तयारी गरेको हो । उपमहानगरपालिकामा आन्तरिक आय कसरी वृद्धि गर्न सकिन्छ भन्ने उद्येश्यमा केन्द्रित गोष्ठि गरिएको छ । उपमहानगरपालिका प्रमुख डा धवल शमशेर राणा, उप प्रमुख उमा थापा मगर, सम्वद्ध विज्ञसहितको गोष्ठिमा राजश्व श्रोतको पहिचानसँगै वृद्धिको प्रक्रिया एवं नगरको संक्षिप्त परिचयसहितको फ्याक्ट शिट ( ब्रो शर ) तयारी विषयमा परामर्श गरिएको हो । राजश्व विज्ञ डा शेषरमण न्यौपानेले राजश्वको महत्व, कार्य क्षेत्र, वीधि बारे प्रकाश पार्नु भयो भने सीडीमुनका प्रमुख प्राविधिक सल्लाहकार सञ्जीव पोख्रेलले प्राविधक सहयोग प्रक्रिया बारे अवगत गराउनु भयो । स्कलर नेपालको प्राविधिक सहयोगमा ३ महिनाभित्र फ्याक्ट शिट तयारी गरिने छ । ३ पेजको शिटमा नगरको समग्र तथ्यगत स्थिती समावेश गरिने स्कलर नेपालका निर्देशक नरेन्द्र केसीले जानकारी दिनु भयो । उपमहानगरपालिका प्रमुख डा धवल शमशेर राणाले प्रविधिको उपयोगितासँगै कामको प्रभावकारिताप्रति उपमहानगरपालिका सचेत र जिम्मेवार रहेको भन्दै सहयोगका लागि कृतज्ञता व्यक्त गर्नु भयो । यसैवीच राजश्व सुधार कार्य योजनाको सफल कार्यान्वयनका लागि सम्भाव्यता अध्यन गरिने भएको छ । उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरको संयोजकत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरिएको छ । कार्यदलको सदस्य सचिवमा उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खीमान्न्द अर्याल, लेखाअधिकृत राजन कुमार केसी, राजश्व शाखा प्रमुख भुपती खत्री र वडा न ४ का अध्यक्ष सफिक वेहना रहनु भएको छ । कार्यान्वयनको चरणमा लैजाने गरि कार्यदलले ३ महिनाभित्र प्रतिवेदन तयार गर्नेछ ।

  • १३ पुष २०७४, बिहीबार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित