मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यथासिघ्र क्रिकेट मैदान निर्माणको माग सहित ज्ञापन पत्र हस्तान्तरण
  • मार्गरेखा संवाददाता

  • यथासिघ्र क्रिकेट मैदान निर्माणको माग सहित ज्ञापन पत्र हस्तान्तरण

    कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य यथासिघ्र प्रारम्भ गर्नुपर्ने माग सहित कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

    शुक्रबार मध्यपश्चिम क्रिकेट क्लबका पदाधिकारीहरुले कोहलपुर नगरपालिका कार्यालय पुगेर मेयरलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन ।
    नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय कप्तान एल.वि. क्षेत्रीको नेतृत्वमा गएको टिमले क्रिकेट मैदानको यथासिघ्र निर्माण प्रारम्भ गरिनुपर्ने, क्रिकेट मैदानसम्म जोड्ने सडक कालोपत्रे गरिनुपर्ने, वार्षिक रुपमा क्रिकेट गतिबिधि संचालनका लागि बजेट छुट्याउनुपर्ने लगाएत मागहरु सहितको ज्ञापन पत्र बुझाईएको क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।
    ज्ञापनपत्र बुझ्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले क्रिकेट मैदान निर्माणका लागि आफु चिन्तित भएको बताएका थिए । उनले समग्र खेलकुद विकासको लागि नगरपालिका कार्यालयको वार्षिक कार्यक्रममा छुट्टै ब्यवस्था हुने गरी योजना तर्जुमा गरिने प्रतिवद्धता जनाएको क्लबका उपाध्यक्ष संगिन शर्माले जानकारी दिएका छन ।

  • २७ श्रावण २०७४, शुक्रबार २०:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित