मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्ज उपमहानगरपालिकामा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिवद्धता व्यक्त मेयर डा धवल शमशेर राणा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज पुष १४ गते – शहरी क्षेत्रमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र स्थापनालाई जोड दिइएको छ । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा, नेपालगञ्ज उपमहानगरपालिका, घोराही र तुल्सीपुर उपमहानगरपलिकाद्धारा आज नेपालगञ्जमा आयोजित शहरी स्वास्थय प्रवर्धन केन्द्र स्थापना तथा सञ्चालन सम्वन्धि छलफल तथा अन्तरक्रियामा शहरी क्षेत्रमा पनि स्वास्थ्य सेवा प्रभावकारी नभएको ठहर गर्दै केन्द्र स्थापना तथा सञ्चालनमा जोड दिइएको हो । महाशाखाका निर्देशक भोगेन्द्र राज डोटेलले शहरीकरणले स्वास्थ्य सेवा प्रवाहलाई ठाडो चुनौती दिएको उल्लेख गर्दै सो अनरुपका संरचना, सेवा प्रवाहको आवश्यक्तामा जोड दिनु भयो । प्रत्येक वडास्तरमा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापनालाई सरकारले लक्ष्यसहितको प्राथमिकतामा राखेपनि तत्कालका लागि केही वडामा नमूना भवन निर्माणसहितको सेवा सञ्चालन गर्न उहाँले आग्रह गर्नु भयो । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले स्वास्थ्य सेवाका प्रकार, प्रवाह प्रक्रिया बारे प्रष्टयाउँदै विशेषज्ञ अष्पताल र केन्द्रको सेवा प्रवाहको भिन्नता र यसको उपादयेता बारे जानकारी दिनु भयो । केन्द्रमार्फत विशेषतः नसर्ने रोग र स्वस्थ जीवनशैली बारे सेचतना र सेवा उपलव्ध गराइने उहाँको भनाई थियो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले उपमहानगरपालिकासँग स्वास्थ्य सेवाको अनुभव र दक्ष जनशक्ति नभएपनि स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर समन्वयका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख खीम बहादुर खडकाद्धारा स्वागत गरिएको कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख मरुलाल चौधरी, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्यम पाण्डे, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी लगायतले सेवा प्रवाहको जिम्मेवारीसँगै समुचित वजेट व्यवस्थाको समेत माग गरेका छन् । नेपालगञ्जको वडा न ४ मा केन्द्र स्थापनाका लागि सरकारले ९८ लाखको वजेट समेत विनीयोजन समेत गरिसकेको छ । वर्षेनी वडा र वजेट थप गर्दै लैजाने सरकारको तयारी रहेको छ । नेपालगञ्जका २३ वडा मध्ये ३ वटा वडामा अझै स्वाथ्य क्लीनीक समेत सञ्चालनमा छैनन् ।

  • १४ पुष २०७४, शुक्रबार १७:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित