मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्वास्थ्य सचेतनासँगै जीवन सुरक्षा गर्ने सम्वेदनशिल जिम्मेवार नेपालगन्ज उपमहानगरपालिका दायित्व उपमेयर उमा थापा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज पुष १४ गते –मातृ तथा बाल मृत्यू दर कम गर्न नयाँ रणनीती अपनाइएको छ । नगर क्षेत्रमा नै आमा र बच्चाको ज्यान जोगाउन कठिन भएपछि नेपालगञ्जमा मोबाईल हेल्प सञ्चालनमा ल्याइदैछ । मेडिक मोवाइलको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले मोवाईल हेल्प सेवा सञ्चालनमा ल्याउन लागेको हो । सरकारको मातृ तथा बाल स्वाथ्य सुरक्षा सम्वन्धी मोवाइल स्वास्थ्य कार्यक्रम अन्तगर्त सेवा प्रवाह बारे आज वडा अध्यक्षहरुलाई अवगत गराइएको छ । नेपालगञ्ज उपमहानगरपालि उपमेयर उमा थापा मगरले मोवाईलमार्फत स्वास्थ्य सचेतनासँगै जीवन सुरक्षा गर्ने सम्वेदनशिल जिम्मेवारी भएकाले यसको आवश्यक्ता बढदै जाने दावी गर्नु भयो । जन स्वास्थ्य कार्यालयका प्रमुख खीम बहादुर खडकाले नगरमा रहेका दुई सय १ महिला स्वास्थ्य स्वयं सेवीकालाई मोवाइल वितरण गरिनुका साथै मोबाईल म्यासेज सेन्टर स्थापना गरेर वितरित मोवाईलमा आवश्यक सन्देश, सेवा सूचना प्रवाह गरिने जनाउनु भयो । खडकाका अनुसार सेन्टरमा गर्भवती महिलाको सम्पूर्ण रेकर्ड अपडेट गरिने छ । मोवाइल सेवा सञ्चालन बारे ३ दिने तालिम पश्चात स्वास्थ्यकर्मीले अब वडामा स्वास्थ्य स्वयं सेवीकालाई प्रशिक्षित गर्नेछन् । जनस्वाथ्यका स्वास्थ्य अधिकृत सरोज कुमार शाहले स्वागत गरेको कार्यक्रममा वडा अध्यक्षका तर्फबाट वुद्धि सागर सुवेदीले बोल्नु भएको थियो । नियमित सुरक्षा सचेतना नअपनाउँदा वर्षेनी गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु परेको छ ।

     

     

  • १४ पुष २०७४, शुक्रबार १९:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित