जिल्लावासी हरेक नागरीकको श्री बृद्विका लागि कोहलपुरमा दुःख निवारण महालक्ष्मी यज्ञ आयोजना हुने भएको छ ।
आगमी माघ १ देखि ८ गतेसम्म कोहलपुरको गोलपार्क नजिकको खुला मैदानमा महायज्ञ आयोजना हुने महायज्ञका संकल्पकर्ता गोविन्द शरण महाराजले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । संकल्पकर्ता महाराजका अनुसार हरेक नगरवासीका घरमा धनलक्ष्मीको स्थापनाका लागि यो महायज्ञ सञ्चालन हुँदैछ । यो महायज्ञ अन्य भागवत महायज्ञ भन्दा फरक रहेको बताउँदै संकल्पकर्ता महाराज भन्छन्–“ अर्पण, तर्पण र समर्पण मार्फत व्यक्तिको धनको बृद्वि, पितृहरुको मुक्ति र राष्ट्रप्रति यो महायज्ञ समर्पित
हुनेछ ।”
साथै उनले जबसम्म वातावरण र मानिसको मन शुद्व हुँदैन, तबसम्म कुनै पनि कुरा शुद्व नहुने भएकाले यो महायज्ञ आयोजना गरिन लागेको हो । –उनले भने । महायज्ञ अवधिभर स्फटिक श्रीबृद्वि यन्त्रलाई विशेष पुजा पद्वतीबाट पूर्ण गरी पुजाकर्ताहरुको पारिवारीक समस्या समाधानसँगै सुख सम्पत्तीमा बृद्वि हुने बताए ।महायज्ञको पूर्वसन्ध्यामा आज (शनिवार) वृहत नगर सरसफाई कार्यक्रम, २२ गते अपरान्ह ५ बजे शान्तिका लागि आराती सहित राष्ट्रप्रति समर्पित गर्दै दिप प्रज्वलन र महायज्ञको पहिलो दिन माघ १ गते १० हजारको सहभागितामा शोभायात्रा गर्दै नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संकल्पकर्ता महाराजले बताए । यस्तै माघ १ गते वृहत रक्तदान कार्यक्रम आयोजना गरेर रक्त अभावमा ज्यान गुमाउन बाध्य विरामीहरुलाई सहयोग गर्ने उद्देश्य रहेको बताइएको छ ।
हालसम्म २ सय पुजाकर्ताले स्फटिक श्रीबृद्वि यन्त्रको बुकिंङ्ग गरिसकेको जानकारी दिँदै आयोजकले महायज्ञ अवधीभर ५ सय स्फटिक यन्त्र पुजाकर्तालाई वितरण गरिने जनाइएको छ । विशेष योजना लिएर भौतिक संरचना एवम् विद्यालय, उच्च शिक्षा सञ्चालनार्थ गरिने धार्मिक महायज्ञ नभई हरेक नगरवासीले यसको पुजाकर्ता बनि महायज्ञलाई सफल बनाउन आयोजकले आग्रह गरेको छ ।