मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भूकम्पका एकै महिनामा ४ ठुला धक्का, फेरि कहिले आउछ भूकम्प : यस्तो भन्छन बैज्ञानिक
  • मार्गरेखा संवाददाता

  • नेपालमा गएको १ महिनामा मात्रै भूकम्पका ४ वटा ठुलै धक्का महशुस भएका छन । पछिल्लो पटक बिहिबारमात्रै दार्चुला र बैतडीको सिमानादेखी ११ किलोमिटर पश्चिममा केन्द्रविन्दु रहेको ५.४ रेक्टरस्केलको भुकम्प गएको छ । अघिल्लो हप्ता नुवाकोटको बिदुरलाई केन्द्रबिन्दु बनाएर ४.५ को भुकम्प गएको थियो । सिन्धुपाल्चोक केन्द्र बनाएर गएको ४.२ रेक्टर स्केलको भूकम्पको धक्काको महशुस पुष ३ गते राजधानी काठमाण्डौमा समेत भएको थियो ।

    यो सँगै दोलखाको जिरीलाई केन्द्रबिन्दु बनाएर मंसिर २२ गते ५.२ रेक्टरस्केलको भूकम्प गयो । यि चारवटै भुकम्पमा कुनै मानवीय तथा भौतिक क्षतिको समाचार बाहिर आएन । तर यसरी लगातार एकै महिना गएका भूकम्पका ४ ठुला धक्काले मानिसलाई बेस्सरी तस्राएर गएको छ । २०७२ बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको पिडा भुलिनसकेका नेपालीका लागी बेला बेला आउने यस्ता धक्काले भूकम्पीय जोखिम कायमै छ भन्ने भय थपेको छ । यसकारण पनि जुनसुकै बेला जान सक्ने यस्ता भूकम्पबारे पलपलमा साबधानी अपनाउन जरुरी देखिन्छ ।

    बिभिन्न अध्ययनले नेपाल भूकम्पीय जोखिमको दृष्टिले संसारको ११ औ नम्बरमा पर्ने उल्लेख गरेको छ । जोखिमपुर्ण शहरका रुपमा राजधानी काठमाडौं विश्वकै तेस्रो नम्बरमा पर्दछ । त्यसो त महाभूकम्पका कारण ठुलो धनजनको क्षति व्यहोरेका नेपालीमा जब भूकम्पको समाचार आउछ तब मुटुमा ढयाङग्रो ठोक्ने गरेको छ । त्यसबाहेक बिभिन्न अध्ययन र अनुसन्धानको हवला दिदैं शक्तिशाली भूकम्पको जोखिम रहेका तथ्यहरु सार्वजानिक गर्नुले हामीले निमार्ण गर्ने संरचना र अपनाउनुपर्ने सावधानीका बिषयमा सधै सचेत हुनुपर्ने देखिन्छ ।

    त्यसो त बैज्ञानिकहरु अघिल्लै भूकम्पका कारण जमिनमूनिको चट्टान अझै स्थिर नभइसकेकाले केहि वर्ष वा दशकभित्र ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै अनुसन्धान प्रतिवेदन समेत सार्वजनिक गरेका थिए । महाभूकम्पलगत्तै बिभिन्न अनुसन्धानको हवाला दिदैं आईरहेका त्यस्ता समाचारमा ठोस् विश्वसनियता नभेटेपनि भूकम्पकै झड्का दिईरहेकै बेला अझै पनि ठूलो भूकम्पको जोखिममा रहेको समाचारले धेरैलाई सोच्न बाध्य बनाएको थियो ।

    हुनत भुकम्पबारे कसैले अनुमान गर्न नमिल्ने र नसक्ने कुरा स्वंयम वैज्ञानिकहरुले समेत स्पष्ट पारेकोले भूकम्पबारेका यस्ता पूर्वानुमान आफैमा फिक्का पनि बन्न सक्छन । तर भूर्गवबिदहरुले बिभिन्न समयमा तयार अध्ययन अनुसन्धान र बिश्लेषणका आधारमा तयार पारेका यस्ता प्रतिवेदनले त्रसित भन्दा सचेत भने अवस्य बनाएको छ ।

    अनुसन्धान यस्तो भन्छः
    नेचर जिओसाइन्स’ नामको जर्नलमा वैज्ञानिकहरुले काठमाडौंको भूमि अझै पनि ठूलो भूकम्पको जोखिममा रहेको दावी गरेका छन् । प्रमुख लेखक अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक इलियटले पछिल्लो महाभूकम्पले काठमाडौंको जमिनमूनिको फल्टलाइन फुट्दा त्यसको असर माथिसम्म नपुगेको उल्लेख गरेका छन् ।

    नेपालमा १९९० पछि अर्को भूकम्प जान झण्डै एकशताब्दी लागेका आधारमा अब करिब अर्को महाभूकम्पका लागि १ सय बर्ष लाग्ने अनुमान गर्ने बुझाई गलत रहेको बताउँछन् । सामान्यतया एक शताब्दीभित्र एकभन्दा बढी ठूलो भूकम्प नजाने मान्यता यहाँ लागू नहुने ईलियटको तर्क छ । ‘त्यतिबेला भूमिगत चट्टान फाट्दा काठमाडौंको सतहबाट ११ किलोमिटर मुनीसम्म मात्रै चिरा परेको थियो,’ अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    भूकम्पताका भूउपग्रहमार्फत खिचिएका ‘हाई रिजोलुसन’ युक्त तस्वीरहरुले भूकम्पको सानो परिमाणमात्र सतहसम्म पुगेको देखाएको छ । यहिकारण पनि अघिल्लोपटक नफुटेको माथिल्लो भाग अहिले निरन्तर दबावमा छ । जुन सतहबाट धेरै नजिक भएकाले फुट्यो भने काठमाडौंमा धेरै ठूलो हलचलको जोखिम देखिन्छ ।

    भुकम्पबारे पूर्वानुमान नहुने भएकाले अर्को भूकम्प कहिले जान्छ भन्ने अनुमान गर्न नसकिने स्वंयम पनि स्विकार्छन् । तर भविष्यमा जुनसुकै बेला आउन सक्ने ठुलो भूकम्प बारे जानकारी मात्रै राखेपनि क्षति न्युनीकरणमा ठुलो महत्व रहने प्राध्यापक ईलियटले उल्लेख गरेका छन् ।

    नेपालमा फेरी ठूलो भूकम्प जानसक्ने बलियो आधारः
    वैज्ञानिकहरुका अनुसार नेपाल दुईवटा टेक्टोनिक प्लेटहरुको बीचमा रहेको ठूलो फल्ट लाइनमा अवस्थित छ । जसमध्ये भारतको जमिनमूनि रहेको दक्षिणतर्फको प्लेटले हरेक बर्र्ष दुई सेन्टिमिटरका दरले पूर्व र उत्तरतर्फ धक्का दिइरहेको छ ।

    जसका कारण नेपालमा फेरी अर्को बिनाशकारी महाभूकम्पको खतरा कसैले रोक्न सक्दैन् । तर भूकम्पबारे जानकारी, बच्ने उपाय र बलिया संरचनाको निमार्ण गर्न सके हुनसक्ने ठुलो मानवीय क्षतिबाट बच्न सकिन्छ ।.tvannapurna.comबाट

  • १५ पुष २०७४, शनिबार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित