मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसको कब्जा जिल्ला समन्वय समिति बाजुरामा
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेसको कब्जा  जिल्ला समन्वय समिति बाजुरामा

    बाजुरा । जिल्ला समन्वय समिति९जिसस० बाजुरामा नेपाली कांग्रेसको सिंगो प्यानल विजयी भएको छ । बाजुराका ९ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तह जितेको कांग्रेसले जिल्ला समन्वय समितिमा पनि एकलौटी विजय प्राप्त गरेको छ । जिल्ला समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस बाजुराका सहसचिव नरेन्द्र कुमार रोकाया लगायत प्यानल नै विजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका सुचना अधिकारी धर्मराज जोशीले जानकारी दिएका छन् ।
    विहान ८ बजे देखि ११ बजे सम्म उम्मेदवारीको समय निर्धारण गरेको थियो । उक्त समयमा नेपाली कांग्रेस बाहेक अन्य दल कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि संयोजक लगायत नेपाली कांग्रेसका ९ वटै उम्मेदवार निर्विरोध निर्वाचित भएको बताईएको छ । यद्येपी आधिकारीक घोषणा शनिवार हुने भएको छ ।
    निर्वाचित हुनेमा संयोजकमा नरेन्द्र कुमार रोकाया,उपसंयोजकमा सुनिता सुनार,दलित सदस्यमा धन बहादुर सार्की,खुला सदस्यमा दलबीर बुढथापा,मोहनसिंह कार्की,जय बहादुर साउँद यसैगरी महिला सदस्यमा पार्वती शाह,धनी थापा र दलित महिला सदस्यमा अषाढी मिजार रहेका छन् । जिल्लाका ९ वटा स्थानिय तहबाट जिल्ला समन्वय समितिका लागी १८ जना मतदाता रहेका छन् । जसमा नेपाली कांग्रेसका ११ र नेकपा एमालेका ७ जना रहेका छन् ।
    नेकपा एमालेले आफनो हार निश्चित हुने पूर्वानुमान गदै उम्मेदवारी नदिएको एमालेको एक श्रोतले बताएको छ । जिल्ला समन्वय समितिको संयोजक ३८ बर्षिय रोकाया अविबाहित हुन भने उपसंयोजक सुनार दलित महिला हुन् । नेपाली कांग्रेसले स्वामिकार्तिक गाउँपालिका र पाण्डवगुफा गाउँपालिका बाहेक ६ वटा स्थानिय तहमा कांग्रेसले जीतेको थियो ।

     

  • २७ श्रावण २०७४, शुक्रबार २२:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित