दुर्गा आचार्य
बर्दिया, पुष १५ । जिल्ला फुटवल संघ बर्दियाको अध्यक्षमा पुन अजित राजभण्डारी र्निविरोध निर्वाचित भएका छन। अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य प्रदेस सिंह राठौरको प्रतिनिधित्वमा आयोजित चौथो अधिवेशनमा अध्यक्ष राजभण्डारी समेत शनिवार १३ सदस्यीय कार्यसमिति र्निविरोध निर्वाचित भएका हुन् । अधिवेशनले उपाध्यक्षमा रामबहादुर रावल,छविलाल ओली रजनक चौधरी र सदस्यहरुमा महेन्द्र प्रकाश गिरी,चन्द्रबहादुर खत्री,ताराबहादुरदथापा,मिना थापा,युवराज श्रेष्ठ,घनश्याम थारु,बिष्णु थापा,यादव आचार्य र बिन्दु चौधरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक विरबहादुर रोकायाले वताए । नव निर्वा्चित अध्यक्ष अजित राजभण्डारीको अध्यक्षतामा शनिवार नै बसेको कार्यसमितिको पहिलो वैठकले जगत तामांगलाई महासचिवमा र पुरुषोतम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेको छ ।