मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काम नदिएको भन्दै युवासंघ अध्यक्षले भेरी नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष चन्दबहादुर शाही लाई कुटपिट वडाअध्यक्ष गम्भीर अवस्थामा
  • मार्गरेखा संवाददाता

  • जाजरकोट पौष १६ । जाजरकोटमा एमालेको भातृसंगठन युवासंघ नेपालका कार्यकर्ताहरूले एमाले बाटै जनप्रतिनिधी भएका वडा अध्यक्षलाई कुटपिट गरेका छन । सडक निर्माणको विषयमा विवाद हुँदा भेरी नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष चन्दबहादुर शाही र उनका छोरा महेन्द्रबहादुर शाहीलाई युवा संघका कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका छन ।
    युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र शाहीको समूहले वडा अध्यक्ष शाही र उनका छोरा माथि शनिबार साँझ आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिएका छन ।
    वडा अध्यक्षको टाउको र अनुहारमा गम्भीर चोट लागेको चन्द्रबहादुरका भाइ गंगाबहादुर शाहीले बताए । शाही र उनका छोरालाई आक्रमण गर्नु अघि पेस्तोलबाट ३ राउण्ड फाइरिङ्ग समेत भएको स्थानीय जीतबहादुर चन्दले बताए । घाइतलाई प्राथमिक उपचारपछि कोहलपुर मेडिकल कलेजमा शनिवार राति नै लगिएको गंगा शाहीले बताए । उनले वडाध्यक्ष शाही गम्भीर अवस्थामा रहेको समेत बताए।
    स्याउलीबजार देखि पुन्माको सरस्वती मावि हुँदै पातिहाल्ना सडक निर्माणको विषयमा विवाद हुँदा उनीहरूबीच झगडा भएको बताइएको छ । सडक निर्माण कामको जिम्मा दिपेन्द्रले आफूले पाउनु पर्ने दावी गरेको भएपनि वडा अध्यक्ष शाहीले सडक निर्माण काम डिलबहादुर शाहीलाई दिएपछि उनीहरु बीच विवाद भएको स्थानीयवासीको भनाइ छ । सडक निर्माणको काम आफूलाई नदिएको भन्दै वडाध्यक्ष शाहीमाथि आक्रमण भएको प्रहरीको भनाइ छ।
    वडाध्यक्ष शाहीलाई युवासंघ जाजरकोटका अध्यक्ष दिपेन्द्र शाही, अन्य युवाहरू सुशील शाही, बुद्धिमान शाही, मानबहादुर शाही, सूर्य विक, यज्ञ शाही, देवबहादुर शाही लगायत ३० जनाले आक्रमण गरेको प्रहरी प्रमुख रिमालले जानकारी दिए । उनीहरूको खोजी भइरहेको रिमालले बताए।

     

  • १६ पुष २०७४, आईतवार १६:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित