मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

शान्ति सुरक्षा कायम गर्न नागरिको भुमिका बाँकेका प्रहरी प्रमुख
  • मार्गरेखा संवाददाता

  • शान्ति सुरक्षा कायम गर्न नागरिको भुमिका बाँकेका प्रहरी प्रमुख

    बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर तामाङले बाँकेको सुरक्षाको विषयमा विभिन्न पक्ष र विषयलाई प्राथमिकतामा राखेर शान्ति सुरक्षा प्रदान गरिने बताएका छन ।
    सरुवा भएर जिल्ला प्रहरी कार्यालय बाँकेमा हाजिरी भए लगतै पत्रकार माझ प्रस्तुत हुादै तामाङले सामाजिक सदभाव विरुद्ध हुने गतिविधि, लागु औषध, घरेलु हिंसा, अवैध कारोवार र तस्करीलाई प्राथकिमतामा राखेर सुरक्षा रणनीति अपनाइने बताए । उनले शान्ति सुरक्षा कायम गर्न नागरिको भुमिका महत्वपुर्ण रहने बताउदै त्यसका लागी प्रहरीले नागारिक संग समन्वय गर्ने बताए ।
    यस अघि गरिएको सकरात्मक सुरक्षा रणनीति र योजनालाई यथावत राख्दै सबैको सहकार्यमा शान्ति अमन चयन कायम गरिने पनि विश्वास दिलाए ।
    प्रहरी उपरिक्षक तामाङले खुला सीमानाका कारण हुन सक्ने अवाञ्छित गतिविधिप्रति निगरानी बढाइनुका साथै अवैध कारोवार नियन्त्रण गरिने स्पष्ट पारे ।
    उनले जनशक्ति, श्रोत साधानको अभाव भएपनि मौजाद स्थितिबाटै प्रभावकारी जनशक्ति परिचालन गरि जनताको सेवामा खटीने बताए ।

  • २८ श्रावण २०७४, शनिबार १३:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित