मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अखिल क्रान्तिकारीका एक नेताको हत्या कञ्चनपुरमा
  • मार्गरेखा संवाददाता

  • अखिल क्रान्तिकारीका एक नेताको हत्या कञ्चनपुरमा

    कञ्चनपुरमा अखिल क्रान्तिकारीका एक नेताको हत्या भएको छ । शनिबार बिहान ९ बजे तिर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको घाँटी रेटेर हत्या भएको हो ।
    कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान स्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावास भित्रै २५ वर्षीय जाग्रीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकास बहादुर चन्दले जाग्रीको रहस्यमयी तरिकाले मृत अवस्थामा भेटिएको बताए ।
    उनका अनुसार छात्रावासको स्टोर कक्षमा जाग्री रगतले छताछुल्ल भएको अवस्थामा भेटिएका छन् । सिद्धनाथ विज्ञान क्याम्पस बिएस्सी चौथो वर्षमा अध्ययनरत जाग्री अखिल क्रान्तिकारी विज्ञान क्याम्पसका संयोजक जाग्री बझाङ्ग–६ गलेदुर्गाका बासिन्दा हुन् । उनको तरकारी काट्ने दाउले घाँटी रेटेको विद्यार्थीले दाबी गरेका छन् ।
    छात्रावासका क्यान्टिन कारिगर भारतीय नागरिक सुरेन्द्र सिह रावतले आफु दाल पकाईरहेको अवस्थामा स्टोरबाट डाडु ल्याउन सहयोगी सुरज ढगौरालाई पठाएका बेला जाग्री मृत्य अवस्थामा भेटिएको बताए । ‘म बिहानका लागि खाना पकाईरहेको थिए,‘कारिगर रावतले भने, ‘डम्बर त ढलेको देखे मैले उनलाई हेर्न सकेन्’ डम्बरको हत्या भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता भीम बहादुर दाहालको नेतृत्वमा प्रहरीको टोली अहिले घटना स्थलमा पुगेको छ । घटना स्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ ।
    घटनाको अनुसन्धान गरेर घाँटी रेटेर हत्या या के कति कारणले हत्या भएको बारे थप अनुसन्धान थालिने कञ्चनपुर प्रहरीले जनाएको छ । क्याम्पस विद्यार्थी तथा विद्यार्थी संगठनले घटनाको सत्य तथ्य छानबिन गरी दोषिलाई कारबाहीको माग गरेका छन् ।

     

  • २८ श्रावण २०७४, शनिबार १३:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित