मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाढी पहिरो बाट ३० जनाको निधन
  • मार्गरेखा संवाददाता

  • बाढी पहिरो बाट ३० जनाको निधन

     

    गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभर जनधनको ठूलो क्षति र्पुयाएको छ । बाके,सुनसरी, सिन्धुली, झापा, मोरङलगायतका जिल्लामा गरी अहिलेसम्म ३० बढीको मृत्यु भएको छ ।
    दर्जनौं घर बगेका छन् भने सयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । बाढीमा परेर केही बेपत्ता भएका छन् । यता अविरल वर्षापछि आएको बाढीमा परेर बाकेमा ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालिकाको मृत्यु भएको छ । बाढीले कबिराज थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो ।बाढीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिए पनि सनाखत हुन सकेको छैन ।प्रहरी उपरीक्षक तामाङले घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको बताउनुभयो । हेलिकप्टर,डोरी तथा ढुंगा मार्फत उद्धारको प्रयास जारी छ । यस्तै बाकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले क्षति न्यूनिकरण गर्न र हुनसक्ने जोखिबाट बचाउन विभिन्न टोलि परिचालन गरीएको बताउनुभयो ।
    बाढीले बांकेको पुर्व पश्चिम राजमार्ग अन्र्तगत राप्तिसोनारी वडा नम्बर १ स्थित गावर खोला र राप्ति सोनारी गाउपालिका वडा नम्बर २ को गन्धेली नालाको पुलसमेत बगाएको छ । डाईभर्सन मार्फत बाटो खुलाउने प्रयास जारी गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक सुरेश प्रसाद काफलले बताउनुभयो । यसैबिच पूर्व(पश्चिम सडक खण्डको कोहलपुर– कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धौली नालाको पुल बगाउदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुदा संयौ यात्रु अलपत्र परेको समाचार रेडियो कृष्णसारबाट प्रसारण भएको खबर सुनि लोक दल बाँकेका अध्यक्ष तथा होल्डिङ्ग ह्यान्डस फाउन्डेशनका उपाध्यक्ष राहुल कौशलले संयौ यात्रुलाइ गन्तव्यसम्म पु¥याउने काम गरीएको बताउनुभयो । अगैंयादेखी ४५ मिटर कोहलपुर सम्म अलपत्र यात्रुलाइ गन्तव्य सम्म पु¥याउने काम गरीएकोे फाउन्डेशाका निर्देशक सागर सिंह ठकुरीले जानकारी गराउनुभयो ।
    यस्तै नेपालगंज उद्योग वाणिज्य संघले एक सय बढीपिडित परिवारहरुका लागि खाद्यान्न वितरण गरेको छ । चाउचाउ , चिउरा, नुन,चउमिन, बिस्कुत लगायतका खद्यान्नहरु सहयोग गरेको नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो । उक्त समाग्री आजै प्रमुख जिल्ला अधिकारीको जिम्मामा हेलिकप्टरबाट बढिपिडितहरुलाई बितरण गरीएको हो । यस्तै बांकेको खजुरा गाउपालिका वडा नम्बर ६ का १ सय घरपरिवार बाढिपिडितहरुलाई गाउपालिका अध्यक्ष किष्मत कक्षपतिले राहत बितरण गर्नुभएको छ । यस्तै २ सय विस्थापित घरपरिवारलाई उद्धार गरीएको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो ।

  • २८ श्रावण २०७४, शनिबार १९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित