मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आइतबार पनि भारी वर्षा – मौसमविद
  • मार्गरेखा संवाददाता

  • आइतबार पनि भारी वर्षा – मौसमविद

    शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् । बाढीमा परेर देशभरिमा ३० जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ ।

    यस्तै अाइतबार पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । मौसमविद सुवास रिमालले आइतबार पनि पानी पर्ने क्रम जारी रहने बताए । ‘मनसुनी बर्षाकाे गतिविधि देशभर नै सक्रिय भइरहेको छ । आइतबार पनि भारी वर्षा हुने सम्भावना देखिन्छ ।’

    मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।

    यसअघि जल तथा मौसम विज्ञान बिभागको बाढी पूर्वानुमान शाखाले नदी तथा खोलाहरुको जलस्तर बढिरहेकाले सतर्क रहन अपिल जारी गरेको छ ।

    कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको संकेत पार गरिसकेको छ ।

  • २८ श्रावण २०७४, शनिबार २२:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित