मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रेस सेन्टर बाँकेको नेतृत्वमा ५० हजार बराबरको सहयोग जुट्यो (विज्ञप्ती सहित)
  • मार्गरेखा संवाददाता

  • प्रेस सेन्टर बाँकेको नेतृत्वमा ५० हजार बराबरको सहयोग जुट्यो (विज्ञप्ती सहित)

    लगातारको वर्षाका कारण आएको बाढिबाट प्रभावित क्षेत्रका स्थानियहरुलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।

    बिभिन्न संघसंगठनहरुले पछिललो समय सहयोग अभियान संचालन गर्दै आएका छन । यसैबिच प्रेस सेन्टर बाँकेद्धारा अभियान संचालनको १ दिनमै ५० हजार बराबरको राहत रामग्री संकलन भएको छ ।

    सेन्टरले शनिबार प्रेस विज्ञप्तीद्धारा सहयोग गर्न सबैलाई आह्वान गरको थियो । अभियान संचालन भएको १ दिनकै ५० हजार बढि राहत संकलन भएको प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट धितालले जानकारी दिए । धितालका अनुसार अहिलेसम्म चाउचाउ, भुजा, बिस्कुट, चिउरा लत्ताकपडा लगाएत सामग्री संकलन भईसकेको छ । अन्य संघसंस्थाले पनि सहयोगका लागि समन्वय गरिरहेको संगठनका सचिव संगिन शर्माले जानकारी दिए ।

    संकलन भएको सामग्री सेनाको हेलिकोप्टरमार्फत बाढि पिडितहरुलाई वितरण गर्ने तयारी गरिएको शर्माले जनाएका छन । सेन्टरले सबै जिल्लावासीलाई सहयोगको लागि अपिल समेत गरेको छ । साथै सम्पूर्ण राजनितिक दल तथा सामाजिक संघसंस्थालाई राहत तथा उद्धार कार्यमा जुट्न आग्रह गरिएको छ ।

  • २९ श्रावण २०७४, आईतवार ११:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित