मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दिर्घकालिन योजना बनाएर अगाडी जान्छु बाढीपिडितहरुलाई समस्या हुन दिन्न – गृहमन्त्री
  • मार्गरेखा संवाददाता

  • दिर्घकालिन योजना बनाएर अगाडी जान्छु  बाढीपिडितहरुलाई समस्या हुन दिन्न  – गृहमन्त्री

    २९ साउन, कोहलपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । उनले बाढी पीडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न बाढीपिडितहरुलाई समस्या हुन नदिने बताए ।
    २९ साउन, कोहलपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । उनले बाढी पीडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न अनुरोध पनि गरेका छन् ।
    बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री शर्मा सहितको टोली आइतबार बिहान बाँके पुगेको छ । उनले लक्ष्मणपुर बाँधका कारण डुबानमा परेको राप्ती सोनारी गाउँपालिकाका बाढी पीडितहरुलाई भेटेका छन् । भेटमा मन्त्री शर्माले तत्काल राहतका कार्यक्रमहरु सञ्चालन गरिने बताएका हुन् । साथै बाढी प्रभावित क्षेत्रका जनताका लागि दिर्घकालिन योजना बनाएर सुरक्षित स्थानमा ब्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता समेत उनले जनाएका छन् ।
    बाँके आएलगत्तै गृहमन्त्री शर्माले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर राहत तथा उद्धार कार्यमा खटिन निर्देशन दिएका थिए ।
    मन्त्री शर्माले सेनाको हेलिकप्टर मार्फत आज दिनभर बाँके, बर्दिया, दाङ लगायत बाढी प्रभावित क्षेत्र अवलोकन गरि पीडितहरुलाई भेटधाट गरेको कुरा रहेको गृहमन्त्रीका प्रमुख स्वकीय सचिव गोपाल शर्मा जानकारी दिए ।

  • २९ श्रावण २०७४, आईतवार १४:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित