मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुर्खेतमा पहिरोले घर बगायो, एकै परिवारका तीनको मृत्यु, हर्रेमा पहिरो खस्दा रन्तराजमार्ग विहानैदेखी अवरुद्ध
  • मार्गरेखा संवाददाता

  • सुर्खेतमा पहिरोले घर बगायो, एकै परिवारका तीनको मृत्यु, हर्रेमा पहिरो खस्दा रन्तराजमार्ग विहानैदेखी अवरुद्ध

     

     

    २९ साउन, बर्दिया । नदी र खोलाहरुमा आएको बाढीले बर्दियाका पाँच हजार घर परिवार डुबानमा परेका छन् । बाढीका कारण बर्दियामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिका बढी प्रभावित बनेका छन् । ति स्थानहरुमा करिब ५ हजार जति घरमा क्षति पुगेको जिल्ला आपतकालिन उद्धार सेवा केन्द्रका सूचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
    बाढी प्रभावित क्षेत्रबाट ५ हजार एक सय ३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सुरक्षित हुने प्रयासमा घरको छतमा बसेका र रुखमा चढेकाहरुलाई पनि उद्धारको प्रयास भइरहेको छ । बर्दियाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन पनि पूर्णरुपमा बन्द छ ।

    दुई जनाको मृत्यु
    बर्दियाको ठाकुरबाबा नगरपालिका(२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका(१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ ।
    साहुनीको डुबानमा परेको घर भत्किएर र राजेन्द्रको नदीबाट दाउरा निकाल्ने क्रममा मृत्यु भएको हो ।
    यसैगरी बाँसगढी नगरपालिका(१ चेपाङमा तुलबहादुर विकको घर भत्किँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये ६० वर्षीया नरकली विकको अवस्था चिन्ताजनक छ । उनलाई उपचार गर्न बाँकेको कोहलपुर लगिएको छ । अन्य घाइते ३६ वर्षीय सेते नेपाली र उनकी छोरी १८ वर्षीया भु
    मसरा विक सामान्य घाइते छन् ।
    सुर्खेतमा पहिरोले घर बगायो, एकै परिवारका तीनको मृत्यु, हर्रेमा पहिरो खस्दा रन्तराजमार्ग विहानैदेखी अवरुद्ध
    यसै गरि अविरल वर्षाका कारण पहिरोले घर वगाउदा सुर्खेत गर्भाकोटका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा रहेको गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
    मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षिय गुमानसिं बुढा, उनका १४ वर्षिय नाती विक्रम बुढा र १२ वर्षिय सरन बुढाको मृत्यु भएको छ । गएराती १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार विहान निकालेको प्रहरीले जानकारी दिएको छ ।
    हर्रेमा पहिरो खस्दा रन्तराजमार्ग अवरुद्ध
    रत्नराजमार्गको हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सवारी आवागमन बन्द भएको छ । सुर्खेतको हर्रे नजिकै गएराती पहिरो खस्दा सुर्खेत नेपालगज सडक खण्ड विहानै देखी अवरुद्ध भएको हो ।
    विहानै देखी उक्त सडक खण्ड वन्द भएपछि यात्रुहरुको विचल्ली भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । सडक खुलाउने प्रयास विहानैबाट शुरु भएतापनि अविरल वर्षाका कारण पहिरो हटाउन निकै कठिनाई भएको छिन्चु प्रहरीले जानकारी दिएको छ ।

     

     

  • २९ श्रावण २०७४, आईतवार १४:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित