साउन २९ । खजुरा गाउँपालिका बाँकेले तत्कालिनका लागी खजुरा गाउँपालिकाको वार्ड न.६ को गिरिजा गाउँका बाढीपिडितहरुलाई आईतबार राहत स्वरुप ड्राईफुट बितरण गरेको छ । बिहिबार देखि परेको अबिरल बर्षाले गिरिजा गाउँमा ८५ घरहरु डुवान परि ५०० जना बिस्थापित रहेको हुनाले तत्कालिन राहतस्वरुप गाउँपालिकाले ३ सय किलो चुउरा,३ सय ८५ पाकेट चाउचाउ बितरण गरेको कुरा खजुरा गाउँपालिका बाँके प्रमुख किस्मत कुमार कक्षपति जनाउनु भएको छ ।