मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

यात्रुबहाक बसमाथि ढुंगा खस्दा एक जनाको घटनास्थलमै मृत्यु
  • मार्गरेखा संवाददाता

  • यात्रुबहाक बसमाथि ढुंगा खस्दा एक जनाको घटनास्थलमै मृत्यु

     

    राप्ती राजमार्ग अन्र्तगत तुल्सीपुर–कपुरकोट सडक खण्डमा आइतवार गुडिरहेका यात्रुबहाक बसमाथि ढुंगा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
    कपुरकोट गाउँपालिका ३ गोठरी खोलामा सल्यान खलङगा देखि दाङको तुलसपिुर जादै गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिको ना ३ ख ३२३० नम्बरको बसमा ढुंगा लागेर एकजनाको ज्यान गएको छ भने ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमु्ख श्याम खत्रीले वताए । बसमाथि ढुंगा ठोक्किएपछि बस सडकबाट २० मिटर तल खोलामा खसेको छ । नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको उद्यार पछि घाइतेहरुलाई उपचारको लागि राप्ती अञ्चाल अस्पताल पु¥याइएको छ । घाइते १० जनाको अञ्चल अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ । घाइते मध्य दुइ जनाको अवस्था गम्भीर रहेको छ । मृतक कमल पुन भएको प्रहरीले जनाएको छ । उनको ठेगाना खुल्न सकेको छैन । दाङ सल्यान सडकखण्डको ठाउँठाउँमा पहिरो झरेको छ । वर्षायामको बेला माथीबाट ढुंगाहरु झरिरहने भएकाले यात्रुहरु जोखिमपूर्ण तरिकाले यस सडक खण्डमा यात्रा गरिरहेको छन् । लगातारको वर्षले यात्रालाई पनि जोखिम बनाएको छ ।

  • २९ श्रावण २०७४, आईतवार १७:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित