मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुँदै दाङमा
  • मार्गरेखा संवाददाता

  • सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुँदै दाङमा

     

    घोराहीस् दाङ जिल्ला क्रिकेट संघको आयोजनामा दाङको घोराहीमा प्रदेश न ५ को सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ।
    संघले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी असोज २१ गते देखि सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । विभिन्न उमेर समुहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिसकेका खेलाडीहरु समेत सहभागि हुने प्रतियोगिताले जिल्लामा क्रिकेटको क्रेज र विकासका लागि प्रतियोगिता गर्र्न लागेको आयोजकले जनाएको छ।
    सम्भवत प्रदेश न ५ कै राजधानीको सम्भावना बोकेको दाङ जिल्लामा दंगाली टि २० कप राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न लागिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिए।
    प्रतियोगितामा १० वटा टिमहरु सहभागी हुने अध्यक्ष मजगैयाले बताए। विजेताले १ लाख १० हजार नगद पाउने छन् भने उपविजेताले ५० हजार नगद पाउने आयोजकले बताएको छ। यस्तै उत्कृष्ट खेलाडीले १५ हजार नगद पाउने छन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानलाई ५र५ हजार नगद दिइने छ यस्तै म्यान अफ दि म्याचले ३ हजार नगद पाउनेछन्।

     

  • २९ श्रावण २०७४, आईतवार १८:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित