मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मौसम विज्ञान विभागले भन्यो,अब मध्य र पश्चिममा खतरा छ’
  • मार्गरेखा संवाददाता

  • मौसम विज्ञान विभागले भन्यो,अब मध्य र पश्चिममा खतरा छ’

     

    काठमाडौं, ३० साउन – जल तथा मौसम विज्ञान विभागले पूर्वमा खतरा टरेको तर मध्य र पश्चिममा मनसुन केन्द्रित भएकाले उच्च खतरा हुन सक्ने बताएको छ । विभागका अनुसार बुधबारदेखि सक्रिय बनेको मनसुन प्रणाली पूर्वमा निष्क्रिय हुँदै मध्य र पश्चिममा केन्द्रित भएकाले खतरा बढेको हो ।
    निरन्तरको वर्षाका कारण पूर्वमा बाढी, पहिरो र डुबानले ठूलो धनजनको क्षति र्पुयाएको छ । मनसुन पूर्वमा सोमबारदेखि क्रमिक रूपमा सुधार आउने तर मध्य र पश्चिम क्षेत्र भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

    स्थानीय न्यून चापीय रेखा र बंगालको खाडीबाट भित्रिएको न्यून चापीय रेखा एकआपसमा मिसिँदा मनसुन अस्वाभाविक बनी निरन्तर भारी वर्षा भएको पौडेलको भनाई छ । उहाँका अनुसार मध्य र पश्चिम नेपालमा छुट्टै न्यून चापीय रेखा विस्तार हुँदा बंगालको खाडीबाट उच्च चापीय जलवाष्प निरन्तर भित्रिएकाले वर्षा नरोकिएको हो ।
    सातादेखि उच्च वर्षा हुँदा मुलुकका अधिकांश भूभाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ । मनसुन पूर्वमा आजदेखि क्रमिक रूपमा सुधार आउने तर मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • ३० श्रावण २०७४, सोमबार ११:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित