मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज कृष्ण जन्माष्टमीः भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै
  • मार्गरेखा संवाददाता

  • आज कृष्ण जन्माष्टमीः भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

     

     

    काठमाडौं, ३० साउन – भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

    कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो ।

    श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गर्नुभएको थियो । आजको दिन देशभरका कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

    आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

    यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिनुहुँदै सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

    श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा राष्ट्रपतिले दिनु भएको शुभकामना सन्देशमा उहाँले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।

    साउन महिनाको अन्तिम सोमबार आज
    साउन महिनाको अन्तिम सोमबार आज, देशभरका शिवालयमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।

    काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयमा बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ ।

    चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेको घुईंचो लागेको छ । साउन महिनामा देवघाटमा रहेको कालिगण्डकी र नारायणको संगमस्थल बेनीघाटमा स्नान गरी त्यहाँको जल लगेर महादेवलाई चढाए चारधाम गएसरहको पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । यस पटक साउनमा ५ वटा सोमबार परेको छ ।

  • ३० श्रावण २०७४, सोमबार ११:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित