मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

“मिहिनेतको सम्मान नहुँदा दिक्क लाग्छ”
  • मार्गरेखा संवाददाता

  • “मिहिनेतको सम्मान नहुँदा दिक्क लाग्छ”

     

     

    कुशल अभिनेत्री बन्ने सपना बोकेर तीन वर्षअघि राजधानी पसेकी थिइन्, सपना ओली । अहिले बल्ल आफ्नो सपना पूरा हुँदै गएको अनुभूत गरेकी छिन् उनले । दिनेश शर्माको ‘हिरासत’ फिल्ममा अभिनय गरेकी उनी सो फिल्मको रिलिज कुरिरहेको बताउँछिन् ।

    ‘हिरासतमा मैले अभिनय देखाउने मौका पाएकी छु,’ रोल्पाकी सपना भन्छिन्, ‘दिनेश सरले विश्वास गरेर मलाई फिल्ममा लिनुभयो । त्यो फिल्मबाट मलाई ठूलो आशा छ ।’ फिल्ममै करिअर बनाउने सोचले अभिनय तथा नृत्यको पर्याप्त प्रशिक्षण लिएको बताउने सपना आफू आफ्नो प्रस्तुति अझ मजबुत बनाउने प्रयत्नमा रहेको सुनाउँछिन् ।
    ‘म जतिसुकै मिहिनेत गर्न पनि तयार छु,’ पाँच फिट ६ इन्च अग्ली सपनाको गुनासो छ, ‘तर, यहाँ कतिपय निर्माता–निर्देशक कलाकारको प्रतिभा, मिहिनेतभन्दा अन्य कुरा हेर्दा रहेछन् । त्यसले गर्दा कहिलेकाहीँ दिक्क लाग्छ ।’ पहिलोपटक रेशम सापकोटाको ‘राधा कृष्ण’ भजनमा अभिनय गरेकी उनले अहिलेसम्म झन्डै तीन दर्जन म्युजिक भिडियोमा प्रतिभा देखाइसकेकी छिन् ।
    कलाकार बन्न घरपरिवारबाट पूर्ण साथ पाइरहेको बताउने सपना राम्रो ब्यानर र कुशल निर्देशकको फिल्ममा अभिनय गर्न चाहन्छिन् । कुशल अभिनेत्री बन्ने क्षमता आफूमा प्रचुर रहेको दाबी उनको छ ।

     

  • ३० श्रावण २०७४, सोमबार १२:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित