साउन ३० गते । बाँकेका क्रियासील पत्रकार महिलाहरुले बाढी पिडितहरुका लागि तिज खर्च कटौती गरी राहत संकलन गर्ने भएका छन् ।
क्रियासील पत्रकार महिला बाँकेका कार्यबाहक अध्यक्ष अमृता के सीको अध्यक्षतामा आज बसेको बैठकले प्राकृतीक प्रकोप बाढीबाट पिडीतहरुको सहयोगार्थ पत्रकार महिलाहरुले तिजको खर्च कटौती गरी राहत संकलन गर्ने निर्णय गरेका हुन् ।आज सोमबार बसेको बैठकबाट पत्रकार महिलाहरुले १२ हजार रुपैंया नगद संकलन गरेका छन् ।
राहत रकम सहयोग गर्नेहरुमा क्रियासील पत्रकार महिला बाँकेका सल्लाहाकार तथा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर,दिपा आले ,अमृता के सी, सुनिता वर्मा, करुणा शाह, सन्ध्या शर्मा,लक्ष्मी विसि ,कमला हमाल, ,सावित्रि गीरी , लक्ष्मी चौधरी , सदिक्षा शाह,सुमित्रा पण्डित,लक्ष्मी गौडेल,निकिता लामिछाने , निशा शाह , बिमला चौधरी ,रेजिना मल्ल रहेका छन् ।
संकलन गरिएको रकमबाट राहत सामग्री खरिद गरी दैवि प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने भएका छन् ।
बाढी पिडिहरुलाई सानो भएपनि सहयोग हस्तान्तरण गर्नका लागि आफूहरुले आउँदै गरेको महिलाहरुको महान चाड हरितालिका तिजमा गर्ने खर्च कटौति गरी राहत संकलन गरिएको कार्यबाहक अध्यक्ष अमृता के सीले जानकारी दिनुभयो ।
बाढीबाट पिडित भएकाहरुलाई सहयोग गर्न क्रियासील पत्रकार महिलाहरुले सबैलाई आग्रह गरेका छन् ।
सहयोग गर्न चाहनेहरुले भोली दिउँसो २ बजे सम्म कार्यबाहक अध्यक्ष अमृता के सी ९८४८०९५०६९,सचिव लक्ष्मी विसि ९८४८१०८८३६, कोषाध्यक्ष कमला हमाल ९८४८३५१३२६ र सदस्य करुणा शाहलाई ९८४८०२७७७० सम्पर्क गर्न अनुरोध गरिएको छ ।
क्याप्सन ः बाढीबाट पिडितहरुका लागि राहत संकलन गर्दै बाँके क्रियासिल पत्रकार महिलाहरु । अमृता के सी , कोहलपुर बाँके ।