बादशाह शाहरुख खानले योपटक बक्स अफिसमा नराम्रो ठक्कर खाए। उनी अभिनित ुजब ह्यारी मेट सेजलुले निकै नराम्रो कलेक्शन गरेपछि उनको दुई वर्ष यताको फिल्म यात्रा असफल जस्तै साबित भयो। दिलवाले र रइसले १३० करोडको कलेक्शन गरे पनि अन्य फिल्म चुके। फ्यानले त सय करोड पनि उठाउन सकेन। फ्यानको असफलतामा त कारण देखाइएको थियो ( उनको टाइपको फिल्म होइन। तर जब ह्यारी मेट सेजलमा त त्यो बहानाले पनि काम गर्दैन।
जसको असर अनुष्का शर्माको फिल्मी करिअरमा पनि पक्कै परेको छ।
लगानी पनि उठाउन असफल शाहरुख अब पुन टपमा पुग्न के गर्लान्रु ह्यारी मेट सेजलको राजस्थान डिस्ट्रिब्यूटर हार्भिन सिंह भन्छन्, ुशाहरुखले अब उमेर अनुसारको रोल लिनु पर्यो।ु अर्का बिक्रेता राजेश थडानीको पनि तर्क उस्तै छ। भने, ुशाहरुखले अब आफ्नो लागि सही भूमिका चुन्न थाल्नु पर्छ। उनी सधैं रोम्यानटिक देखिन सक्दैनन्। त्यसमाथि आफूभन्दा आधा उमेरका हिरोइनसँग।ु
फिल्म क्रिटिक्स अतुल मोहनले त अब शाहरुखलाई एक्शन रोल सुहाउने तर्क राखे। भने, ुडन जस्तै फिल्म सुहाउँछ। डन ३ को आइडिया उनको लागि ठीक हुन सक्छ।ु उनको रइसमा पनि भूमिका उपयुक्त रहे पनि काबिलसँगको टक्करले शाहरुख पछि परेको उनले बताए। एक्शन नै नभए पनि डियर जिन्दगीमा जस्तो मोटिभेसनल भूमिका उनलाई सुहाउने बताए। राजेश थडानी भन्छन्, ुशाहरुखले जे गर्छन् त्यो सधैं एक लेभल माथि हुनुपर्छ।ु
उनका अनुसार सधैं फराह खान र रोहित सेट्ठीको फिल्म साइन गर्नु ठीक हुँदैन।
क्रिटिक्सहरु अतुल मोहन र अमोद मेहेरा एकअर्काको कुरामा सहमति जनाउँदै भन्छन्, ुअब शाहरुखले आमिर खान र अमिताभ बच्चनले जसरी फिल्म रोज्नु पर्छ।ु शाहरुख खानको अर्को फिल्ममा उनी होचो कदका व्यक्तिको रुपमा देखिँदैछन्। आनन्द एल राइको फिल्म शाहरुखको हकमा फरक रहने हार्भिन सिंहको अनुमान छ। तर आनन्द राइको फिल्मले काम गर्न पनि सक्ने नगर्न पनि सक्ने अन्योलता रहने बलिउड हंगामामा जनाइएको छ।
क्रिटिक कमाल खान त भन्छन्, ुशाहरुख अब रिटायर भएर घरमै बस्नु पर्छ। र छोरा आर्यनलाई खाजा खुवाउनु पर्छ। हुनसक्छ उनी पिताको भूमिका दमदार निभाउँछन्।ु