मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके जनस्वास्थ्यले बाढीपिडीतको स्वास्थ्य जाँच सुरु
  • मार्गरेखा संवाददाता

  • बाँके जनस्वास्थ्यले बाढीपिडीतको स्वास्थ्य जाँच सुरु

    बाढि प्रभावितहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दे जिल्ला जनस्वास्थ्य कार्यालय बांकेले पिडितहरकको स्वास्थय परिक्षण कार्य सुरु गरेको छ । सोमबा बांकेको फक्तेपुर ,गंगापुर र उढरापुरमा रहेका बाढि पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बांकेका प्रमुख खिमबहादुर खड्काले जनाएका छन । बाकेको फत्तेपुरमा डाक्टन सुदिन कायस्थ सहितको स्वास्थ्यकर्मिहरुको टोलि बाढीडितहरु स्वास्थ्य चेकजाच गरिरहेका छन भने गंगापुरमा डाक्टर सन्तोष श्रीपाईली र उढरापुरमा डाक्टर माधव बन्जाडेको टोलीले स्वास्थ्य चेकजाच गरिरहेका छन । पिडितहरुलाई भेटघाट गरी उनिहरुरुको स्वास्थ्य परिक्षण गर्ने कार्य केहि समय सम्म निरन्तर चल्ने बताउदै जनस्वास्थय प्रमुख खड्काले बाढीबाट कटान एवं डुबानमा परेका प्रभावित क्षेत्रमा झाडापखाला टाइफाइड, ज्वरो, रुघाखोकी श्वासप्रश्वास, जिउ चिलाउने रोग देखा पर्न सक्ने बताउनुभयो । बाढिका कारण फत्तेपुर स्थित स्वास्थय चौकिमा केहि औषधिहरु पानिमा डुब्दा क्षति भएको छ । राप्तिसोनारी गाउपालिका वडा नम्बर ७ का सरहा भन्ने ठाउबाट बाढिका कारण सिसिस्त बिरामि भएका २ जनाको नेपालगंजमा उपचार भैरहेको बांकेका प्रहरी प्रमुख एसपि टेक बहादुर तामांगले बताउनुभयो

  • ३० श्रावण २०७४, सोमबार १९:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित