मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नौतले दरबारको पुनर्निर्माणका लागि शिलान्यास गरियाे
  • मार्गरेखा संवाददाता

  • वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको लागि मंगलबार बिहान  शिलान्यास गरिएकाे छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त शिलान्यास गरेका हुन् ।

    शिलान्यास कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत उपस्थित थिए । अनुमानित १६ करोड रुपैयाँकाे लागतमा पुनर्निर्माण हुन लागेकाे उक्त दरबार शतप्रतिशत चिनियाँ सहयोगमा पुनर्निर्माण हुन लागेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारि दिए ।

     

  • ३१ श्रावण २०७४, मंगलवार १३:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित