सिचाई मन्त्री सञ्जयकुमार गौतमले बाढी प्रभावितहरुको उद्धार तथा राहत सामाग्री प्रभावकारी रुपमा गर्न सवैलाइ आग्रह गर्नुभएको छ ।
बाँके तथा बर्दियाका विभिन्न स्थानका बाढी प्रभावितहरुको अवस्था निरिक्षण गरी बुधवार नेपालगञ्जमा पत्रकारहरुसंग कुरा गर्दै अहिलेको पहिलो प्राथमिकता भनेकै राहत तथा उद्धाको काम भएकोले यसलाइ प्रभावकारी बनाउन स्थानिय प्रशासनलाइ निर्देशन दिनुभयो । बाढीका कारण पूर्व पश्चिम तथा विभिन्न स्थानका सडक भत्केर आवागमन अवरुद्ध रहेकोकाले रात्तिसोनारी गााउपालिका तथा बाढी प्रभावित क्षेत्रमा जिल्ला दैवि प्रकोप उद्धार समितिले थप अर्को हेलिकप्टर मांग गरेकाले भोली देखी नै थप एक सेनाको हेलिकप्टरबाट उपलब्ध गराउने बताउनु भएको छ ।
त्यस्तै राहत तथा उद्धारको कार्यमा स्थानिय जनप्रतिनिधिले खेलेको भूमिकाको प्रशंशा पनि गर्नुभएको छ । त्यस्तै बाँकेको राप्तिसाेनारी डुबानमा सिक्टाका बाध पनि स्थानिय आरोपका विषयमा पत्रकारहरुले पत्रकारहरुको प्रश्नमा सिक्टाका कारणले नै डुबान नभएको पनि स्पष्ट पार्नुभयो । त्यस्तै पत्रकारहरुको अर्को प्रश्नमा लक्ष्मणपुर बाधका खोल्न सरकारको ढिलाइ किन भन्ने प्रश्नमा परराष्ट्र मन्त्रालयकै पहलमा लक्ष्मणपुर बाधका् ढोका आधा खोलीएको पनि धारणा राख्नुभयो । उंहाले बाढी पीडितको उद्धार तथा राहतमा सरकारका तर्फबाट उपलब्ध गराईने साधन स्रोतमा कुनै कमि हुन नदिने प्रष्ट पार्दे मन्त्री गौतमले जोखिमपुर्ण अवस्थामा रहेका ठाउहरुको तत्काल तटबन्ध गर्नका लागि समेत सरकारले बर्दियामा ६०लाख रकम उपलब्ध गराईएको जानकारी दिदै तत्काल मांग भई आएमा आफनो मन्त्रालयले तत्काल तटबन्ध गर्न लाग्ने तार,जाली ,ढुंगाका लागि रकम दिन उपलब्ध गराउन आफनो मन्त्रालय तैयार रहेको प्रष्ट पार्नुभयो ।
देशमा भईरहेको राजनीतिक परिस्थितीका बाढग्रस्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा नगरिएको बताउदै उहाले संकटग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी अधिकारीले प्रयोग गर्न सक्ने अधिकार प्रगोग गर्दे बाढि प्रभावितहरुको उद्धार तथा राहत सामाग्री बितरणमा युद्धस्तरमा काम गर्न सरोकारवालालाई मन्त्री गौतमले निर्देशन दिनुभयो । बांके र बर्दियाका सम्पुर्ण कर्मचारी र कार्यालयका सवारीसाधन र स्रोतहरुलाई प्रभावकारी रुपले बाढी पीडितको उद्धार तथा राहतमा परिचालन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिदै मन्त्री गौतमले बिदामा बसेका कर्मचारीहरुलाई २४ घण्टाभित्र आ आफनो कार्यालयमा हाजिर हुन निर्देशन समेत दिनुभयो । बाढीपीडितको तथ्यांक संकलन र राहत बितरण कार्य एकद्धार प्रणालीबाट परि निष्पक्ष रुपमा काम गर्न गराउन सरोकारवाला संघ संस्थाहरुलाई निर्देशन दिदै मन्त्री गौतमले बाढीपीडितको उद्धार,राहत तथा पुर्नस्थापना तथा समग्र व्यवस्थापनमा राजनैतिक दल,जनप्रतिनिधि,सरकारी कर्मचारी र संचारकर्मी सबै सकारात्मक भएर काम गर्नुपर्ने बताउनु भयो ।