लगाताको वर्षापछि आएको बाढिले भत्काएको बाँकेको हुलाकी मार्ग बुधबारदेखि आंशिक रुपमा संचालनमा आएको छ ।
बुधबार बिहानैदेखि जिल्लास्थित शुरक्षा निकायका प्रमुखहरुको कमाण्डमा खटिएका शुरक्षाकर्मीहरुले सडक मर्मतको काम अगाडी बढाएका थिए । सबै दर्ताका शुरक्षाकर्मीहरु आफै बाटो खुलाउन लागिपरेका थिए । हातमा बेच्चा, गैती लगायतका सामाग्रीहरु लिएर नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका जवान तथा अधिकृतहरु अवरुद्व राजमार्ग मर्मत गर्न खटिएका थिए ।
सदरमुकाम नेपालगन्ज देखि वगौडा क्षेत्र जोड्ने हुलाकी राजमार्ग बाढीका कारण शुक्रबार रातीदेखि अवरुद्व भएको थियो । राजमार्ग अवरुद्व भएपछि राप्तिपारीका नरैनापुर र राप्ति सोनारी गाउपालिकाका बाढी पिडितरुलाई समयमै उद्दार र राहात पु¥याउन समस्या भएको थियो । राप्ती नदिले कटान गरेको क्षेत्रमा सुरक्षाकर्मीहरुले बोरामा बालुवा र माटो राखेर सडक मर्मत गरेका हुन । अहिले आशिंक रुपमा राजमार्ग खुलेपनि मर्मत कार्य भने जारी रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
त्यस क्षेत्रमा आज बिहीबार थप मर्मत गरेपछि ठूला गाडिहरु समेत चल्ने बताईएको छ । ५ दिनदेखि अवरुद्व सडक खुलाउन ठूलो सँख्यामा सुरक्षाकर्मीहरु खटिएका थिए । नेपालगन्ज देखि राप्ती पुलसम्म निर्वाध रुपमा साना तथा ठूला सवारीका साधन सञ्चालन आउने गरी सडक मर्मत गरिएपनि राप्ती पुल देखि फत्तेपुरको मेहनमानपुर सम्म भने ठुला सवारी साधन अझैं संचालनमा आउन सकेका छैनन् ।
सडक सञ्चालनमा आएसँगै त्यस क्षेत्रका मानिसहरुलाई आवतजावत गर्न सहज समेत भएको छ । अवरुद्व राजमार्ग मर्मत गर्न नेपाल प्रहरीका १०५ जना, शशस्त्र प्रहरीका १०९ जना र नेपाली सेनाका १०७ जना गरी कुल ३२१ जना सुरक्षाकर्मीहरु परिचालित भएका थिए । बुधबार बिहानै सडक मर्मत गरिरहेका सुरक्षाकर्मीहरु हौसल्ला दिन क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुरागाई, शशस्त्रका प्रहरीका एआईजि नारायण बावु थापा, नेपाल प्रहरीका एआईजि विजय कायस्थ, जिल्ला समन्वय कार्यालयका हरी प्याकुरेल, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी लगायतका सुरक्षा अधिकारीहरु राजमार्ग स्थलमा पुगेका थिए ।
सडक मर्मतका लागि जल उत्पन्न प्रकोप कार्यालय नेपालगन्जको दुई हजार बोरा, ग्याभिंग जाली, गणपति गुप्र अफ कम्पनीको १ स्काभेटर, १ जेसिभी र नेपाल प्रहरीको १ स्काभेटर प्रयोग गरिएको सुरक्षाकर्मीसँगै खटिएका माओवादी केन्द्रका सचिवालय सदस्य महेश्वर गहतराज अथक र केन्द्रिय सदस्य कृष्णा केसी नमुनाले जानकारी दिएका छन ।