मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय गौरव योजना सिक्टा सिचाई आयोजनाको गुस्तर जाँचको मागगदै बाँके काँग्रेसद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • मार्गरेखा संवाददाता

  • नेपालगज । नेपाली काँग्रेस बाँकेले बिहिबार प्रधानमन्त्री शेर बहादुर देउवालाई बाँके जिल्लाको समग्र बिकाशका लागी १० बुदे ज्ञापन पत्र बुझाएको छ ।
    प्रधानमन्त्री शेर बहादुर देउवा बाढी प्रभाबित क्षेत्रको निरिक्षण र अनुगमन गर्न बिहिबार बाँकेमा आएको मौका छोपी ज्ञापन पत्र नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाले प्रधानन्त्री देउवालाई बुझाउनु भएको छ ।
    सभापति किरण कोईरालाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा छिमेकी मुलक भारतले निमार्ण गरेको लक्ष्मणपुर व्यारेज, कलकलवा बाँधका कारण बाँके बासिहरुले प्रत्येक बर्ष धनजन्य क्षति व्यहोदैई आईरहेको हुनाले स्थाई समाधानको तत्काल नेपाल सकारले गर्नु पर्ने,राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई योजना निमार्णधिन अवस्थामा रहेको नहर भत्केको कारणले सो को गुणस्तरमा प्रश्न चिन्हमा खडाभएकोले नहरको उच्चस्तरिय प्राबिधीक जाँचको माग गरिएको छ । ज्ञापन पत्रमा बाढी र सुख्खाका कारण बाँके जिल्लामा कृषिजन्य उत्पादनमा प्रभाव परेको हुनाले कृषकहरुलाई राहत हुने गरि सहुलितदरमा ऋण र मालपोत मिनाह गर्न माग गरिएको छ । सुरक्षित किसिममको राप्ती र डुढुवा नदिमा स्थाई तटबन्धन निमार्ण गर्न माग गरिएको छ

     

  • १ भाद्र २०७४, बिहीबार १७:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित