मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बैजनाथ गाउँ पालिकाको प्रथम गाउँ सभा शूरु
  • मार्गरेखा संवाददाता

  • बैजनाथ गाउँ पालिकाको प्रथम गाउँ सभा शुरु गरीएको छ । बैजनाथ गाउपालिका वडा न. ३ मा प्रथम गाउँ पालिकाको गाउँ सभा उद्घाटन तथा २०७४ /२०७५ लागि निति तथा कार्यक्रहरु बैजनाथ गाउँ पालिका अध्यक्ष मन बहादुर रुचालले प्रस्तुत गरे । नीति तथा कार्यक्रममा बैजनाथ गाउ पालिका कार्यालयमा बहुमुखि क्यापस निमार्ण,कृषि,पशु,वातावरण संरक्षण , उद्योग , पर्यटन,महिला , दलित ,बालबालिका युवा तथा खेलकुद, स्वाथ्य खानेपानी सम्बन्धि निति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । यसै गरी २०७४÷२०७५ का लागि विनियोजित बजेट समेत प्रस्तुत गरिएको छ । आर्थिक बजेट बैजनाथ गाउ पालिका उपाअध्यक्ष शारदा कुमारी रेग्मी विश्वकर्माले प्रथम सभामा प्रस्तुत गरिन् । विश्वकर्माले आर्य अनुमान तर्फ ३८ करोड ३० लाख ३५ हजार ३० रुपैयाँ र यसै गरी व्यय अनुमान तर्फ चालु खर्च ५ करोड ४८ लाख ८३ हजार ४ सय समावेश गरिएको छ ।
    यता योजना व्यवस्थापन खर्च १८ लाख ९ े हजार र संघिय सरकारबाट विषयगत कार्यालयको लागि प्राप्त १० करोड ६ लाख ८५ हजार रुपैया को व्यय अनुमानित रकम पेश गरीएको छ । यो रकम सबै अनुसूची १ अनुसूची २ ,३?४,५,६,६ अनुसूची बाट व्यय प्रस्तुत गरिएको छ । परिषदमा आय अनुमान तर्फ गत वर्षको २०७३÷०७४ विभिन्न शिर्षकमा प्राप्त राजश्व बचत रकम ६ लाख ४९ हजार ३ सय रुपैयाँ समावेस गरीएको छ ।
    उक्त बार्षिक बजेट निमार्ण गर्दा नेपालको संविधान २०७२ को अनुसूची ८ र ९ मा उल्लेखित अधिकारको आधारमा निमार्ण गरिएको सो को बारेमा कार्यापालिका उपाध्यक्ष शारदा कुमारी रेग्मी विश्वकर्माले जानकारी दिएकी छन् । यसै गरी प्रथम गाउ सभामा बैजनाथ कार्यपालिका कार्य सम्पादन नियमावली २०७४, कार्यपालिकको कार्य विभाजन नियमावली २०७४, कार्यपालिकाको बैठक संचालन कार्यविधि २०७४, कार्यपालिकाको सभा संचालन कार्यविधि २०७४, कार्यपालिकाका पदाधिकारीहरुको आचार संहिता २०७४, यसै गरी बैजनाथ गाउँ कार्यपालिकाको निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणीकरण कार्य्विधि २०७४ प्रथम भेलाले अनुमोदन गरेको छ । प्रथम सभा शुक्रवार देखी थप २ दिन सम्म चल्ने बैजनाथ गाउँ पालिकाका कार्यालयका कार्यकारी अधिकृत विरेन्द्र माझीले जानकारी गराएका छन् ।

  • २ भाद्र २०७४, शुक्रबार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित