नेपालकाे चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन्।
नेपाल आइडलको दावेदार मानिएका नेपालगंजका सुरजको नेपाल आइडलको यात्रा समाप्त भएको हो। उनको जन्म दैलेख जिल्लामा भएको थियो। नेपाली सांगीतिक क्षेत्रमा अनवरत लागेका सुरज नेपाल आइडल बाट चर्चित बनेका छन्।
“आमा ले सोध्लिन नि” गीत गाएर नेपाल आईडलको प्रथम संस्करणको अहिलेसम्मको उत्कृष्ट प्रस्तुती दिएका सुरज थापासँगै डेन्जर जोनमा निशान भट्टराई र सुजाता पाण्डे परेका थिए। दर्शकको कम भोट पाएको आधारमा सुरज बाहिरिएका हुन्। सुरजले बहुला हुँ म बहुला, ओ प्रिया, रान्झा हुँ मे रान्झा जस्ता चर्चित गीतहरु गएका छन्।
अब नेपाल आइडलको शिर्ष पाँचमा निशान भट्टराई, सुजाता पाण्डे, प्रताप दास, बुद्ध लामा र सागर आले रहेका छन्। यी पाँच प्रतिस्पर्धी बीच उपाधिको लडाई हुनेछ।