नेपालगन्ज कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरु आन्दाेलनमा उत्रिएका छन् ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुले प्रयोगशालामा कुनै सामाग्री नभएको, प्रयोगात्मक परीक्षमा विद्यार्थीहरुलाई मनपरी ढंगले अंक दिने गरेको, विगत ५, ६ महिनादेखि क्याम्पस प्रमुख विहिन हुँदा सम्म प्रशासनले कुनै वास्ता नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीहरुले आफ्ना जायज मागलाई वेवास्ता गर्दै अनियमित तरिकाले कलेजमा पठन पाठन गरिदै आएको र यस विषयमा क्याम्पस प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नै नगरी विद्यार्थीहरुको भविष्यमाथि कलेज प्रशासनले खेलवाड गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । अझै पनि आफ्ना जायज मागबारे प्रशासन संवेदनशील नभए कडा आन्दोलनमा उत्रिने विद्यार्थीहरुले बताएका छन् ।