मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रत्यक्ष निर्वाचित राष्ट्रपती प्रणाली माओवादीको मुख्य एजेण्डा हो : प्रचण्ड
  • मार्गरेखा संवाददाता

  • पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अपरिहार्य रहेको बताउनुभएको छ ।

    प्रदेश नम्बर ६ को कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी भई धनगढी फर्कने क्रममा गाभर होम स्टेमा पत्रकारहरुसँग संक्षिप्त भेट गर्दै प्रचण्डले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपती प्रणाली लागु गाराउन आफ्नो पार्टी प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको हो । वि.स. २००७ साल देखि हालसम्म राजनैतिक अस्थिरता कामय हुँदै आएको उल्लेख गर्दै प्रचण्डले त्यसको अन्त्यका लागि समेत प्रत्यक्ष निर्वाचित राष्ट्रिपती प्रणाली आवश्यक रहेको जिकिर गर्नुभयो ।

    बिगतमा अन्य दलहरुले समेत सहमती जनाईसकेको अवस्थामा राष्ट्रपती प्रणाली लागु गर्न कुनै अवरोध नभएको जिकिर गर्दै प्रचण्डले राष्ट्रिय हितका लागि सबै दल एकवद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो । फरक प्रसंगमा संचारकर्मीहरुले सोधेको प्रश्न जवाफ दिदै हारतियर सत्ता साझेदार नेपाली काँग्रेससँग गरिएको तालमेल स्थानिय निर्वाचनमा प्रभावकारी नभएको बताउँदै प्रचण्डले भरतपुरमा समयमै गरिएको तालमेलका कारण नतिजा सकारात्मक आएकाले आगामी दिनमा थप गृहकार्यका साथ तालमेललाई अगाडी बढाईने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा माओवादी पार्टीलाई १ नम्बर पार्टीको रुपमा स्थापित गराउन कसैले रोक्न नसक्ने विश्वास समेत ब्यक्त गर्नुभएको थियो ।

    संचारकर्मीहरुले राखेको जिज्ञासा मेटाउने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धी मुलक रहेको बताउनुभयो । प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती कुनै सम्झौता नगरेपनि संविधान संसोधनको विषयमा दिएको बक्तब्य विवादित भएको बताउँदै प्रचण्डले संविधान संसोधन आन्तरिक विषय भएकाले त्यसको बारेमा प्रधानमन्त्रीले बोल्न आवश्यक नरहेको टिप्पणी समेत गर्नुभयो ।

  • १० भाद्र २०७४, शनिबार २०:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित