मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अट्वारी पर्वलाई आफ्ना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र दिदीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने का लागी अटवारी पर्व मनाउदै
  • मार्गरेखा संवाददाता


  • दाङ । भदौ ११ थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ । पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन । हरेक बर्षको अष्टमीपछि चन्द्रमा देखिने बिक्तिकै मनाउने परम्परा अनुसार आइतवार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो । मुख्यगरि थारु समुदायका पु्रुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन। आजको दिन पानी समेत नखाएर ९निर्जला० ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिन पछि आउने आइतवारका दिन मनाउने प्रचलन थारु समुदायमा रहेको छ ।

    यो पर्व सूर्य अर्थात शक्तिको उपसनाको लागि गर्ने गरिएको नेपाल सरकारका श्रम तथा रोजगार राजय मन्त्री डिल्ली बहादुर चौधरीले वताए । किंम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसंग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको उनले वताए । उनले थारु राजा र पाच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उनले वताए । डिल्ली बहादुर चौधरी श्रम तथा रोजगार राजय मन्त्री अट्वारीमा शनिवार साँझ दर खाएका थारु समुदायले अर्को दिन दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । थारु समुदायको प्रमुख पर्व मध्येको यो पर्वमा आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ । अट्वारीमा रोटी काँक्रा, दही, केरा, अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफ्ना चेलीबेटीलाई काशेली अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफ्ना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र दिदीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा पनि लिइने गरेको श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिए

     

  • ११ भाद्र २०७४, आईतवार १८:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित