नेपालगन्ज, ११ भाद्र
नेपाल शिव सेना बाँकेद्वारा बाढी पीडित क्षेत्र डुडुवा गाउपालिकामा पर्ने छिटई पूर्वाका ३९ परिवार तथा कन्हैयालाल पूर्वाका ५६ परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
नेपाल शिव सेनाद्वारा करीब १ लाख रुपैया बराबरको चामल, पिठो, तेल, आलु, सोयाबिन, नूनलगायतको खाद्यान्न सामाग्री वितरण गरिएको नेपाल शिव सेनाका केन्द्रिय अध्यक्ष राजकुमार रौनियारले बताए ।
उक्त राहत वितरण कार्यक्रममा शिव सेनाका अध्यक्ष राजकुमार रौनियार, महासचिव श्याम बहादुर थापा, मदनराज शर्मा, किशोर लामा, लक्ष्मण वैश्य, सरदार जोगिन्दर सिंह, दिपक लोध, डाक्टर वर्मा, शमीर प्रताप सिंह, दिलिप यादव, राम सहाय मौर्या, राजु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
बाढी पीडित परिवारको लागि व्यक्तिगत रुपमा उमेश कुमार रौनियार– २१ हजार, विक्रम प्रसाद रौनियार– ११ हजार, शेरबहादुर शाही– ५ हजार, लिला इन्टरनेशनल प्रा.लि.– ४ हजार ६ सय ५० रुपैया नगद सहयोग गरेका थिए ।
४८ बोरी चामल, १ क्वीन्टल पिठो, ६ पेटी तेल, ५ क्वीन्टल आलु, ५० केजी सोयाबिन, २०० प्याकेट नून वितरण गरिएको जानकारी नेपाल शिवसेनाका अध्यक्ष रौनियारले बताए । बाढी पिडितका लागि राज्यको तर्फबाट पनि उचित राहतको व्यवस्था हुन पर्ने महासचिव तथा राहत वितरण कार्यक्रमका प्रमुख अतिथि थापाले बताए । राप्ती नदिमा बर्षेनी आउने बाढिका कारण दर्जनौ गाउँ डुव्ने गरे पनि उचित बासस्थानको लागि राज्यले पहल नगरेको स्थानियको भनाई छ ।