काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। पाँच दिने भारत भ्रमणबाट आइतबार साँझ स्वदेश फर्किएका पर्किए सदनलाई सम्बोधन गर्दै संविधान संशोधन राष्ट्रिय एजेन्डा भएकाले अन्तरार्ष्ट्रिय समुदायलाई जानकारी गराउनु स्वभाविक भएको दाबी गरे।
ुसंविधानको सर्वस्वीकार्यता कायम गर्नु कार्यान्वयन हाम्रो राष्ट्रिय एजेन्डा हुन्। राष्ट्रिय प्राथमिकताका एजेन्डाबारे राष्ट्रिय(अन्तरार्ष्ट्रिय जगत्लाई जानकारी गराउनु अस्वभावीक होइनु, प्रधानमन्त्रीले संसदमा भने, ुनेपालको शान्ति प्रक्रिया, लोकतन्त्रको संक्रमणमा सघाउँदै आएको छिमेकी मित्र राष्ट्रबाट जिज्ञासा राखिनुलाई नाजायज भन्न मिल्दैन।ु

संविधान संशोधनबारे प्रधानमन्त्रीले नयाँ दिल्लीमा संयुक्त पत्रकार सम्मेलनमा संविधान संविधानबारे मैले बोलेका थिए। ुयो विषयलाई लिएर केही राजनीतिक दल तथा सञ्चारमाध्यममा आएका अभिव्यक्तिप्रति मेरो ध्यानाकर्षण भएको छ। नेपालको संविधान निर्माण, सो को कार्यान्वयन र स्वीकार्यता नितान्त नेपाल र नेपाली जनताको आन्तरिक विषय हो। यसमा कसैसँग सम्झौता गरेको छैन र हुन पनि सक्दैनु, उनले संसदमा भने, ुहाम्रो संविधान कार्यान्वयनको सम्बन्धमा छिमेकी वा अन्य कुनै मुलुकको पनि हस्तक्षेप हामीलाई स्वीकार्य हुनेछैन भन्ने जानकारी गराउन चाहन्छु।ु