उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली र सुदुर पश्चिमका जिल्लाहरुबाट बिधुतका सम्भाबनाहरुको अबलोकन गरेका छन । नेपालका नदि बाटनै प्रसस्त मात्रामा बिधुत उत्पादन गर्न सकिने कुराको दाबि गर्नु भएको छ । मन्त्रीका साथमा उर्जा मन्त्रालयका सचिब अनुप कुमार उपाध्याय , डिजी नबिन सिँह, नेपाल बिधुत प्राबिधीकरणका प्रमुख कुलमान घिसिङ्ग लगाएतका बिशेषज्ञ टोलीको उपस्थिती रहेको थियो । भ्रमणको उदेश्य कर्णाली नदिलाई उर्जा पर्यटनको रुपमा प्रबद्र्धन गर्नको लगी र अहिलेसम्म कर्णाली नदिमा कुनै पनि बिधुत आयोजनाहरु नभएका कारण मन्त्रालयबाट यो उच्चस्तरीय टोलीद्धारा भ्रमण गरिएको बताउनु भयो । मन्त्री शाहीले कर्णाली नदिमा नौ देखि दसवटा सम्म हाइड्रोपावरको सम्भाबन यो टोलीले देखाएको छ । उहाँले सुदुर पश्चिमा रहेको चिलीमे आयोजनाको पनि भ्रमण गरिएको र यो आयोजना बर्षै देखि सम्पन्न हुन नसकेको कारण यस आयोजनालाई दशैसम्म सम्पन्न गर्न सकिएको खण्डमा अहिलेको लोडसेडिङ्गलाई ब्यबस्थापन गर्न सकिन्छकी भनेर त्याहा आउने प्राबिधीक समस्यालाई तत्कार समाधान गर्ने आफुहरु लाग्ने पनि प्रबिद्ध रहेका बताउनु भयो । यस्तै पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले हाईड्रोपावरको लाईसेन्स लिएर काम नगर्ने कम्पनि वा ब्यक्तीहरुको लाईसेन्स पनि खारेज गर्ने बताउनु भयो । र हिउदमा लोडसेडिङ्ग हुन्छकी भन्ने प्रश्नले अहिले सबैको समस्याको बिषय भएकाले यसमा मन्त्रालय र कर्मचारीहरुलाई सबैको साथ र सहयोग रहेमा यो समस्या सुल्झीने जिकीर गर्नू भयो ।