मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बागेश्वरी मन्दिर व्यस्थापन समितीको अध्यक्षमा मेयर राणा
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज भदौं १२ गते – नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको समग्र व्यवस्थापनका लागि समिति गठन गरिएको छ । बागेश्वरी मन्दिरलाई व्यवस्थित र पारदर्शी बनाउन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ तर सो समिति अनुमोदनका लागि जिल्ला प्रशासन कार्यालय, मालपोत, गुठी संस्थानमा सिफारिस पठाइने छ । मन्दिर व्यवस्थित गर्नु पर्ने चौतर्फी आवज उठेपछि उपमहानगरपालिकाको पहलमा आज भएको सर्वदलीय,सर्वपक्षिय छलफलबाट समिति गठन गरिएको हो । पुनरावदेन अदालत नेपालगञ्जले बागेश्वरी मन्दिर व्यवस्थापन समितिका नाममा ०७३ असार ३२ गते परमादेश जारी गरेको थियो । मन्दिरमा रहेको सम्पतिको नियमित रुपमा अभिलेख राख्न, आयव्यवयको विवरण सार्वजनिक गर्नु गराउनु भन्दै बागेश्वरी मन्दिर ब्यवस्थापन समिति, मन्दिरका महन्त, जिल्ला प्रशासन कार्यालय बाँके र प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिका प्रमुखका नाममा आदेश जारी भएको थियो । यस अघि कानून व्यवसायीले आदेश कार्यान्वयन गर्न नगर प्रमुख र उपप्रमुखसँग माग गरेका थिए ।
    समितिले मन्दिरको चल÷अचल समितिको बास्तविकता, त्यसको संरक्षण, सम्वद्र्धन, अखीलेखीकरण र सार्वजनिक गर्ने तथा यस अघि अदालतले दिएका आदेशको पालना गर्न गराउन लगाउने लगायतका कार्य गर्नेछ । समितिमा उपमहानगरपालिकाका उपमेयर उमा थापा, कार्यकारी अधिकृत भिम वहादुर कुवर, वडा न २ अध्यक्ष सुनिल सिंह हमाल, उद्योग वणिज्य संघ, सामुदायिक सेवा केन्द्र, बार एशोसीयशन, बागेश्वरी मन्दिर प्रतिनीधी, वडा समिति सदस्य रहेका छन् ।
    उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले मन्दिरको समग्र विकास र व्यस्थापनका लागि समिति क्रियाशिल हुने भन्दै सबै पक्षको सहयोगको अपेक्षा गर्नु भयो ।

    गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीले मन्दिर संस्थानसँग सम्वन्धित भएकाले यसको संरक्षण ,सम्वद्र्धन र विकासमा चासो र चिन्ता रहेको भन्दै धार्मीक तथा पर्यटन विकासका रुपमा रुपान्तरण गर्न जरुरी रहेको आवश्यक्ता औल्याउनु भयो ।
    प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले आस्थाको धरोहरमाथिको विश्वासलाई जोगाउनु सरकारको दायित्व भएको भन्दै सबैको हातेमालोमा जोडदिनु भयो ।
    बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीले मन्दिर व्यवस्थापन र अदालतको आदेश कार्यान्वयनमा आफु सहयोगी हुने तर आफनो योगदान र श्रमको उचित सम्मान हुनुपर्ने माग दोह¥याउनु भयो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर कुवर, राप्रपा बाँके अध्यक्ष नरेन्द्रराज राज पौडेल, काँगे्रसका गोपाल प्रसाद अधिकारी, एमालेका विजय गुप्ता, अपिधवक्ता लोक बहादुर शाह लगायतले बागेश्वरी मन्दिर ब्यवस्थापनका पक्षमा आआफनो सुझाव राख्नु भएको थियो । धार्मिक, सांस्कृतिक धरोहरको रुपमा रहेको बागेश्वरी मन्दिरको संरक्षण र सम्वद्र्धन गर्नु पर्नेमा अधिकांस वक्ताको जोड थियो ।

     

  • १२ भाद्र २०७४, सोमबार २०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित