मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा हुने आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि मस्कटको रुपमा हात्तीको बच्चा (छावा) रहने खेलकुद मन्त्रीको घोषण
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १२ । युवा तथा खेलकूद मन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालय अन्तर्गत सर्वपक्षिय बैठक आज नेपालगन्जमा बस्यो ।

    बैठकले २०७५ पुसमा नेपालगन्जमा आयोजना हुने आठौ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि मस्कटको रुपमा हात्तीको बच्चा (छावा) रहने निर्णय गरेको छ । राष्ट्रिय खेलकूद परिषद्का कोषाध्यक्ष सुरेन्द्र हमालको अध्यक्षतामा बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसी, राखेपका सदस्य—सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतनकुमार टंडन, बाँके कांग्रेसकी सभापति किरण कोईराला, नेपालगन्जकी उपमेयर उमा थापामगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, जनप्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, सुरक्षा निकायका पदाधिकारी र खेल पदाधिकारीहरुको उपस्थिति रहेको थियो । मन्त्री केसीले बैठक पश्चात आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हात्तीको बच्चा (छावा ) लाई मस्कटको रुपमा चयन गरिएको घोषणा गर्नुभयो ।
    बैठकलाई सम्बोधन गर्दै मन्त्री केसीले मन्त्रालयले प्रतियोगिताका लागि आवश्यक बजेट समयमा उपलव्ध गराउने विश्वास दिलाउदै भौतिक पूर्वाधार निर्माणका काम समयमा सक्नु ठूलो चुनौतिका रुपमा हुने भएकाले त्यसतर्पm सबै गम्भीर हुनुपर्नेमा जोड दिनु भयो । उहाँले रकमका कारण आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारका काम नरोकिने प्रतिबद्धता जनाउनुभयो ।

    प्रतियोगिता संचालन हुने स्थानका समुदाय, स्थानिय निकाय, प्रशासनिक निकाय, सामाजिक तथा पेशागत संघ, संगठनले अपनत्व ग्रहण गर्न सक्नु पर्ने उल्लेख गर्दै मन्त्री केसीले खेल पदाधिकारीले आ—आप्mनो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नेमा आफु ढुक्क भएको विश्वास व्यक्त गर्नु भयो ।
    बैठकमा राखेप सदस्य—सचिव विष्टले प्रतियोगिता तयारीका लागि हालसम्म भएका कार्य सम्पदनका विषयमा जानकारी गराउदै प्रतियोगिता संचालनका लागि रु ३५ करोड र भौतिक पूर्वाधार पुर्ननिर्माणका लागि रु ७० करोड गरि कुल १ करोड ५ लाख रुपैया खर्च हुने बताउनु भयो ।

    उहाँका अनुसार, आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगन्ज, बर्दिया, सुर्खेत र दाङ्ग जिल्लामा संचालन गर्ने गरी आवश्यक तयारी भईरहेको मध्यपश्चिम खेलकुद बिकाश समितीका अध्यक्ष भिम ओली जनाएका छन ।

     

  • १२ भाद्र २०७४, सोमबार २०:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित