मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सर्पले टोके के के गर्ने ?
  • मार्गरेखा संवाददाता

  • तराई तथा पहाडी भूभागमा गर्मी तथा बर्खायाममा सर्पको बिगबिगी हुन्छ । सर्पको टोकाई (सर्पदंश) को समयमै उपचार नपाएर धेरैले अकालमा ज्यान समेत गुमाउने गरेका छन् । सर्पदंशबाट जोगिन चिकित्सकहरूले यस्तो सल्लाह दिएका छन् :-

    • सर्प दिउँसो भन्दा राती बढी निस्कन्छ । त्यसैले राती घरबाहिर निस्कनु परे उज्यालो (टर्च, बत्तीहरू) बोकेर मात्रै निस्कने ।
    • खाली खुट्टा घर बाहिर ननिस्कने ।
    • सर्प बस्ने सम्भावित ठाउँहरू (जस्तैं दाउराको चाङ, पराल, ढुङ्गा तथा ईटा थुपारेको ठाउँ) मा चलाउनु परे लामो लठ्ठीले चलाउने ।
      घर वरीपरिका झार, फोहोरको थुप्रो हटाउने र जमीनका प्वालहरू भए पुर्ने ।
    • घर वरीपरि खानेकुराहरू नफाल्ने । फालिएको खानेकुरा खान मुसा, भ्यागुता आउने हुँदा त्यहाँ सर्प पनि आउँछ ।
    • साना केटाकेटीलाई मुसाको दुलामा हात हाल्न, दाउराको चाङमा हात घुसाउने, झाडीमा जानबाट रोक्ने ।
    • शरीरमा पातलो कपडा भए पनि लगाउने । जसले सर्पले टोके पनि बिष प्रबेशलाई केही मात्रामा भए पनि रोक्छ ।
    • सर्पलाई नजिस्काउने । सर्प मरेको जस्तो देखिए पनि वास्तवमा मरेको नहुन सक्छ । त्यस्तो अवस्थामा नचलाउने ।
    • सकेसम्म घरभित्र कुखुरा, हाँस, परेवाको खोर नराख्ने । यस्तो खोरमा जथाभावी हात नहाल्ने ।
    • राती सुत्दा झुलको प्रयोग गर्ने । सकेसम्म पलङ वा खाटमा मात्रै सुत्ने ।
    • पोखरी, तलाउ, खोला, नदीनालामा बिषालु सर्प पनि हुन सक्छन । यस्ता स्थानमा पौडी खेल्दा, खोला तर्दा सावधानी अपनाउने ।

    सर्पले टोके के गर्ने ?
    सर्पले टोक्ने बितिकै मानिस मर्दैनन् । सबै सर्पको टोकाई विषालु पनि हुँदैन । सर्पले टोकेको मानिसलाई नडराउन सबैले सान्त्वना दिनुपर्छ । सर्पले टोकेपछि गाउँघरमा गरिने परम्परागत उपचारबाट बिरामीलाई टाढै राख्ने । बिरामीलाई सकेसम्म छिटो उपचार केन्द्र पुर्याउने ।

  • १३ भाद्र २०७४, मंगलवार २१:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित