कोहलपुर भाद्र १४ ।कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुर बाँकेले ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख यज्ञ प्रसाद भट्टराईलाई बुधबार स्वागत गरेको छ । कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र प्रसाद अधिकारी र उद्योग बाणिज्य संघ प्रदेश नं ५ का सदस्य नरेन्द्र प्रसाद शर्माले सयुक्त रुपमा दोसल्ला ओडाएर स्वागत गरेका थिए ।
स्बागत कार्यक्रमलाई सम्बोधन गदै कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख यज्ञ प्रसाद भट्टराईे आफैले आफ्नो सुरक्षा प्रति नागरिक सचेत भएमा मात्र शान्ती सुरक्षा कायम हुने बताउदै कोहलपुर क्षेत्रमा शान्ती सुरक्षा कायम गर्ने कुरामा कुनै कसैसग सम्झौता गर्ने बताए । नेपाल उद्योग बाणिज्य संघ प्रदेश नं ५ का सदस्य एवम कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुर निर्बतमान अध्यक्ष नरेन्द्र प्रसाद शर्माले कोहलपुर क्षेत्र शान्ती सुरक्षा अति समबेदन भएकोले शान्ती सुरक्षा कायम गर्नका लागी सबैको सहयोगले मात्र प्रहरीले शान्ती सुरक्षा कायम गर्ने बताए । स्वागत कार्यक्रमा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो