कोहलपुर भाद्र १४ । कोहलपुर नगरपालिका बाँकेले कोहलपुर नगरको दिर्घकालीन बिकाशका लागी भौतिक पुर्वाधार तथा यातायत मन्त्री बिर बहादुर बलायर बुधबार कोहलपुरमा ज्ञापनपत्र बुझाएको छ ।
कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले बुझाएको ज्ञापनपत्रमा कोहलपुर नगरको हवल्दारपुर,लखना,पिपरी, चटारबन्दा,सिम्रि ढटवा भरैया, खड्कवार,कौशिल्यानगर मदनचोक, गोहवा अकलघरुवा हुदै हवल्दारुर सडक खण्डको कोहलपुर रिङ्करोड निर्माणका लागी यसै आर्थिक बर्षमा बजेट छुट्टाउन माग गरेको छ । ज्ञापनपत्र मै डुडुवा खोलो बर्षेनी यस नगरको प्रस्ताबिकअन्तराट्रिय क्रिकेट मैदान,बजार ,बस्तीहरु खेतियोग्य जमीन तथा जगल समेत बडा नं १३ को खड्कवार देखि वडा नं ७ को रजगढवा सम्म बर्षेनी कटान गरिरहेकोले डुडुवा खोलाको १२ किलोमिटर क्षेत्रलाई व्यवस्थित रुपमा तटबन्धन गर्नका लागी आर्थिक बर्षमा योजना समाबेश गरि निर्माण कार्य लागी अनुरोध गरेको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा कोहलपुर नगर पालिका उपमेयर संन्जु कुमारी चौधरी वडाअध्यक्षहरु निरज चलाउने,कर्ण बहादुर थापा,गोपिनाथ खनाल,कर्ण बहादुर बुढा क्षेत्रि,माधव प्रसाद रिजाल,बिष्णु प्रसाद तिवारी,दिपक जंग शाह,रेशम बादुर खड्का,ओम प्रकाश वली,कार्यपालिका सदस्य दिल बहादुर परियार र कोहलपुर नगरपालिकाका कार्यकारणीअधिकृत माधव प्रसाद शर्माको उपस्थीति रहेको थियो ।