नेपालगन्ज भाद्र १५ । निर्बाचन क्षेत्र निर्धारण आयोगले बाँके जिल्लालाई प्रतिनिधी सभाका लागी ३ क्षेत्र र प्रदेश सभाका लागी ६ क्षेत्र निर्धारण गर्नुका साथै नेपालगन्ज उपमहानगरपालिकालाई टुक्रयाएको छ । यस अघि चार निर्बाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधी सभाका लागी ३ बटा मात्र क्षेत्र निर्धारण भएपछि पुरानो सिमाङ्गकन भएको छ । यस अघिको क्षेत्र न २ मा पर्ने बघौडा क्षेत्र हालको नरैनापुर गाउँपालिकालाई समेटर राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकालाई समेटेर प्रतिनिधी सभाका लागी एक नम्बर क्षेत्र बनाएको छ । भने यसअघिको क्षेत्र नं पर्ने होलिया बेतनीलाई हालको डुडुवा गाउँपालिका र नेपालगज उपमहानगरपनलिकाका १ नम्बर वडादेखि २३ वडा मध्ये १६ र १७ वडा छोडेर प्रतिनिधी सभाको २ नम्बर क्षेत्र बनाएको छ । नेपालगज उपमहानगरपनलिकाको वडा नं १६ र १७, जानकी ,बैद्यनाथ र खजुरा गाउँपालिकालाई समेटर ३ नम्बर क्षेत्र बनाएको छ । नेपालगज उपमहानगरपनलिकाका १६ र १७ वडा ३ नम्बर क्षेत्रमा परेका छन । प्रतिनिधी सभा र प्रदेश सभाका लागी नयाँ क्षेत्र निर्धारणका क्रममा बाँकेका ८ स्थानिय तह मध्ये नेपालगज उपमहानगरपालिकाका टुकिएको छ ।