मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसले बाढीपिढीहरुलाई स्वास्थ सेवा दिनका लागी निशुल्क स्वास्थ शिबिर सुरु
  • मार्गरेखा संवाददाता


  • फत्तेपुर बाँके भाद्र १५ । बाढीपिढीहरुलाई स्वास्थ सेवा दिने उद्ेश्यका साथ बिहिबार नेपाली काँग्रेस बाँके क्षेत्र नं १ ले राप्ती सुनारी गाउपालिकाको वार्ड न ६को फत्तेपुर गाउमा निशुल्क स्वास्थ शिबिर संचालन गरेको छ ।
    नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले शुभारम्भ गर्नु भएको स्वास्थ शिबिरमा ३०० जना महिला र २१५ जना पुरुर्ष गरि ५१५ जना बाढीपिढीतहरुको स्बास्थ जाँच गरि निशुल्क औषधी बितरण गरेको स्वास्थ शिबिर व्यवस्थाप याम बहादुर खडकाले जनाएका छन ।
    नेपालगन्ज मेडिक कलेजका छाला तथा यौवनरोग बिशषेज्ञ डा कपिल पान्डेका नेतृत्वमा १३ जना चिकित्सक एवम स्वास्थकर्मिहरुले बाढीपिढीतहरुको स्वास्थ परिक्षण गरेको कुरा नेपाली काँग्रेस बाँके क्षेत्र न. १ का क्षेत्रिय सभापति माधवराम खत्रीले जनाएका छन ।
    स्वास्थ शिबिरमा अधिकाश बाढीपिढीतहरुमा छाला समबन्धी रोगका साथै भाइरल ज्वरो,रुघाखोकीको समबन्धी रोग देखापरेको कुरा डा कपिल पान्डे जनाएका छन । बाँके निर्बाचन क्षेत्र न.१ बिभिन्न स्थानमा आएको बाढी प्रभाबित क्षेत्रमा स्वास्थ शिबिर संचान गरिने ा नेपाली काँग्रेस बाँके क्षेत्र न. १ का क्षेत्रिय सभापति माधवराम खत्रीले जनाएका छन ।

  • १५ भाद्र २०७४, बिहीबार १७:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित