कोहलपुर, भदौ १५ गते,
बाँके क्षेत्र नं. १ का सांसद देवराज भारले ज्ञानोदय सामूदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई विद्युतिय पुस्तकालयका रुपमा विकास गर्नुपर्ने बताएका छन् । ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानिय तह एक नमूना पुस्तकालय’ भन्ने मुल नाराका साथ १० औं राष्ट्यि पुस्तकालय दिवस तथा ज्ञानोदय सामूदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १६ औं वार्षिक साधारण सभामा बोल्दै आधुनिक पुस्तकालयका साथै विद्युतिय पुस्तकालयमा जोड दिनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । ‘अध्ययनले मानिसलाई लगनशिल बनाउँछ, त्यसैले नयाँ नयाँ पुस्तकहरुको अध्ययन गर्न आवश्यक छ’ उनले भने ‘आजको विकसित मावन जातीले नयाँ नयाँ अनुसन्धान गरिरहेको अवस्थामा विशेष शिक्षा दिने पुस्तकहरुलाई प्राथमिकता दिनुपर्छ र त्यस्ता पुस्तक संकलनमा सबै लाग्नुपर्छ ।’ साथै उनले ज्ञानोदय सामूदायिक पुस्तकालय सबैको पुस्तकालय भएकाले यसलाई संरक्षण गरी अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । सांसद भारले राजनीतिक क्रान्ति समाप्त भएकाले अब आर्थिक र शैक्षिक क्रान्ति तिर मुल अगाडि बढिरहेको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुरको गहनाका रुपमा रहेको ज्ञानोदय सामूदायिक पुस्तकालयको विकासका लागि आफु लागि पर्ने बताएका छन् । कोहलपुर नगरपालिकाले ज्ञानोदय सामुदायिक पुस्तकालयका लागि विशेष सहयोग गरी आवश्यक शैक्षिक अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने बताए ।
कार्यक्रममा बोल्दै सामूदायिक पुस्तकालय संघका केन्द्रीय सचिव जयश्वर पौडेल सुमनले पुस्तालकाय विकासका लागि सबै क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिएका छन् । साथै उनले नयाँ नयाँ पुस्तकहरु पुस्तकालयमा संकलन गर्नका लागि यस क्षेत्रका विभिन्न संघसंस्थासँग सहकार्य गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा सामाजिक सेवा तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएका्े भन्दै नारायण सिग्देललाई सम्मान गरिएको थियो । त्यस्तै ज्ञानोदय सामूदायिक पुस्ताकालयका संस्थापक सदस्य ऋषिराम शर्मा, उत्कृष्ट पुस्तक दाताका रुपमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, नियमित उत्कृष्ठ पाठकका रुपमा विष्णु जिसी, नियमित पाठकका रुपमा ओम प्रकाश पौडेल र एक चित्रकलता प्रदर्शनि गर्ने राजविक्रम चन्दलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ज्ञानोदय सामूदायिक पुस्तकालय तथा श्रोत केन्द्रको वार्षिक प्रगति प्रतिवेदन एवम् आगामि कार्ययोजना पत्र पुस्तकालय सचिव विष्णु वेल्वासेले गरेका थिए भने पुस्तकालयको आर्थिक प्रतिवेदन कोषाध्यक्ष चेतकान्त भट्टराईले प्रस्तुत गरेका थिए ।
ज्ञानोदय सामूदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष लिलबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी शिक्षा प्रेमी, लगायत स्थानियको सहभागिता रहेको थियो ।
साथै प्रभात फेरी कार्यक्रममा पनि सम्पन्न गरिएको थियो । कोहलपुरको पीपलचौतारी देखि कोहलपुर चौराहा हुँदै ज्ञानोदय पुस्तकालयसम्म र्याली गरिएको थियो । सो र्यालीमा यस क्षेत्रका समाजसेवी, बुद्धिजीवि, शिक्षाप्रेम, शिक्षक, विद्यार्थी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।
चित्रकला प्रतियोगितामा गोरखा प्रथम
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामूदायिक पुस्तकालयले १० औं राष्ट्यि पुस्तकालय दिवसका अवसर पारी गरिएको चित्रकला प्रतियोगितामा कोहलपुरमा रहेको गोरखा यूनाईटेड पब्लिक स्कुल प्रथम भएको छ । सो प्रतियोगितामा ब्राईट लाईट एकेडेमी द्धीतिय र पञ्चमुखी ई.मि. स्कुल कोहलपुर तृतीय भएको छ । सो प्रतियोगितामा १३ वटा कोहलपुर क्षेत्रका संस्थागत तथा सामूदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।